फित्काैली डटकमकर्मदा सिर्जना मञ्च लमजुङको ४२ औँ श्रृङ्खला सम्पन्न
प्रमुख आमन्त्रित वरिष्ठकवि पुरुषोत्तम सिग्देल ज्यू, विशिष्ट अतिथि दुर्गाप्रसाद सिग्देल ज्यूको गरिमामय उपस्थितिमा काव्यगोष्ठी भव्य किसिमले सम्पन्न भएकाे हाे ।

काठमाडाैं, २०८१ कार्तिक २९ । कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार लमजुङको ४२ औँ प्रविधिमैत्री ११५ औँ लक्ष्मी जयन्ती विशेष स्वतन्त्र काव्यगोष्ठी संस्थाका अध्यक्ष जगदीश्वर पोख्रेलको अध्यक्षता गर्नुभयो ।
प्रमुख आमन्त्रित वरिष्ठकवि पुरुषोत्तम सिग्देल ज्यू, विशिष्ट अतिथि दुर्गाप्रसाद सिग्देल ज्यूको गरिमामय उपस्थितिमा काव्यगोष्ठी भव्य किसिमले सम्पन्न भएकाे हाे ।
कार्यक्रमका सञ्चालक संस्थाका अध्यक्ष जगदीश्वर पोखरेल हुनुहुन्थ्यो । वाचित रचनाहरूको समीक्षात्मक टिप्पणी पनि पुरुषोत्तम सिग्देलले गर्नुभएको थियो ।
रचना वाचनमा कविहरू पुरुषोत्तम सिग्देल, दुर्गाप्रसाद सिग्देल, दुष्यन्त भट्टराईं जगदीश्वर पोखरेल, लक्ष्मीप्रसाद मिश्र, बालकृषण सुवेदी, चन्द्रा न्यौपाने, दुर्गा रिमाल अधिकारी, र सुधा बाँस्कोता ढकालको सहभागिता रहेको थियो । ।
प्रमुख आमन्त्रित पुरुषोत्तम सिग्देलज्यूले महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली भाषा साहित्यमा पुऱ्याउनु भएको योगदानको चर्चा गर्नु भएको थियो । नेपाली साहित्यलाई विश्व साहित्यमा पुऱ्याउन अङ्ग्रेजीमा अनुवाद गर्नपर्दछ भन्नु भयो ।
कर्मदा सिर्जना मञ्च नेपालले लक्ष्मी जयन्ती विशेष काव्यगोष्ठी गरेर सम्मान गऱ्यो भन्नु भयो । साथै वाचित रचनाको सुललित किसिमले समीक्षा गर्नु भएको थियो । त्यती मात्र होइन निर्भीक भएर गुण दोष छुट्याउनु भएको थियो ।
विशिष्ट अतिथि दुर्गाप्रसाद सिग्देल ज्यूले पुरुषोत्तम सिग्देल ज्यूको कविताको सटीक समीक्षा गर्नु भएको थियो ।
सभाध्यक्ष पोखरेलले महाकवि लक्ष्मीप्रसाद देवकोटको मुनामदन खण्डकाव्यबाट ‘हातको मैला सुनको थैला के गऱ्यो धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले’ । ‘ स्याउला चिसा ओछ्यान खासा जाडोले बजे दाँत । पकाइ झिक्दा नखान पाइ काँचाको काँचै भात ’।। रचना वाचन गरेर गोष्ठीको ढोका खोल्नु भएको थियो ।
कर्मदा सबै स्रष्टाहरूको साझा चौतारी हो । यसको संरक्षण गर्नु सबैको कर्तव्य र दायित्व पनि हो भन्नुहुँदै अन्त्यमा कविगोष्ठी सफल बनाइ दिनु हुने सबै सर्जकलाई धन्यवाद दिँदै काव्यगोष्ठी समापन गर्नु भएको थियो ।
०००
– जगदीश्वर पाेखरेलकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest





































