साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आशा

उनले टोलाउँदै जवाफ दिए, "अँध्यारो छ नानी । छोराबुहारीले बाहिर निकालेपछि बस यहीं बसेर दीप बालेर बाटो पर्खिरहेको छु।"

Nepal Telecom ad

लक्ष्मी रिजाल :

साँझ गहिरिँदै गएको सुनसान गल्लीको कुनामा एक जना बृद्ध दीप बाल्दै थिए। दीपको प्रकाशले उसको झरेको र मुर्झाएको अनुहारलाई उज्यालो बनायो।

मैले नजिकै पुगेर सोधेँ, “बुबा, किन एक्लै यहाँ दीप बाल्दै हुनुहुन्छ?”

उनले टोलाउँदै जवाफ दिए, “अँध्यारो छ नानी । छोराबुहारीले बाहिर निकालेपछि बस यहीं बसेर दीप बालेर बाटो पर्खिरहेको छु।”

मैले सोधें, “कसको बाटो?”

उनले आँखामा टल्किएको आशा देखाउँदै मुस्कुराउँदै भने, “आशा..। मेरो आशा ! उनीहरू एक दिन मलाई सम्झिएर फेरि यहीँ आइपुग्छन् कि भनेर।”

०००
२०८१/०७/२८
रुपनगर, सप्तरी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिऊ

बिऊ

लक्ष्मी रिजाल
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
उचाइ

उचाइ

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x