आशा
उनले टोलाउँदै जवाफ दिए, "अँध्यारो छ नानी । छोराबुहारीले बाहिर निकालेपछि बस यहीं बसेर दीप बालेर बाटो पर्खिरहेको छु।"
लक्ष्मी रिजाल :
साँझ गहिरिँदै गएको सुनसान गल्लीको कुनामा एक जना बृद्ध दीप बाल्दै थिए। दीपको प्रकाशले उसको झरेको र मुर्झाएको अनुहारलाई उज्यालो बनायो।
मैले नजिकै पुगेर सोधेँ, “बुबा, किन एक्लै यहाँ दीप बाल्दै हुनुहुन्छ?”
उनले टोलाउँदै जवाफ दिए, “अँध्यारो छ नानी । छोराबुहारीले बाहिर निकालेपछि बस यहीं बसेर दीप बालेर बाटो पर्खिरहेको छु।”
मैले सोधें, “कसको बाटो?”
उनले आँखामा टल्किएको आशा देखाउँदै मुस्कुराउँदै भने, “आशा..। मेरो आशा ! उनीहरू एक दिन मलाई सम्झिएर फेरि यहीँ आइपुग्छन् कि भनेर।”
०००
२०८१/०७/२८
रुपनगर, सप्तरी ।
Subscribe
Login
0 Comments
Oldest