साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका चारजना स्रष्टा पुरस्कृत

कार्यक्रममा गुठीले चर्चित गायिका कुन्ती मोक्तान, साहित्यकार एवं पत्रकार किशोर पहाडी, साहित्यकार रुद्र ज्ञवाली र कवि मञ्जुश्री गिरीलाई नगदसहित सम्मान गरेको थियो ।

Nepal Telecom ad

विराटनगर, २०८१ मङ्सिर २ । इन्द्र मोहन स्मृति गुठी धनकुटाले विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका चारजना स्रष्टालाई नगदसहित सम्मान गरेको छ ।

गुठीले शनिबार विराटनगरमा विशेष समारोहको आयोजना गरेर पुरस्कार समर्पण गरेको हो । गुठीका अध्यक्ष विवश पोखरेलको अध्यक्षता तथा कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्य, पत्रकारिता र गीतसंगीतका क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउने स्रष्टाहरुलाई पुरस्कृत गरिएको हाे ।

कार्यक्रममा गुठीले चर्चित गायिका कुन्ती मोक्तान, साहित्यकार एवं पत्रकार किशोर पहाडी, साहित्यकार रुद्र ज्ञवाली र कवि मञ्जुश्री गिरीलाई नगदसहित सम्मान गरेको थियो ।

उहाँहरुलाई प्रमुख अतिथि तुम्बाहाङ, गुठीका अध्यक्ष पोखरेल, प्रा.डा. टंक न्यौपाने, साहित्यिक पत्रकार संघका अध्यक्ष एवं अग्रज साहित्यकार राधेश्याम लेकाली, गुठीकी संरक्षक डा. विमला श्रेष्ठ, पुरस्कारकी संस्थापक शशी श्रेष्ठ, प्राध्यापक कविराज न्यौपानेलगायतले दोसल्ला ओढाएर सम्मानपत्र र नगद प्रदान गर्नुभएको थियो । कवि गिरीलाई १५ हजार र अन्य तीनजना स्रष्टालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

कार्यक्रममा कवि गोकुल अधिकारी, मुरारी सिग्देल, राधिका गुरागाईं, कवि एवं पत्रकार मीनकुमार नवोदित, साहित्यकार हरि कट्टेल, लक्ष्मी रायमाझी र भावना श्रेष्ठले पुरस्कृत स्रष्टाहरुको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वप्रदेश प्रमुख तुम्बाहाङले भाषा, साहित्य र संगीत देशको ऐना भएको चर्चा गर्नुभयो । उहाँले भौतिक पूर्वाधारको विकाससँगै भाषा, साहित्य र संगीतको विकासले मात्रै मुलुकको समग्र विकास हुने धारणा राख्नुभयो ।

कार्यक्रममा कवि गोकुल अधिकारी, मुरारी सिग्देल, राधिका गुरागाईं, कवि एवं पत्रकार मीनकुमार नवोदित, साहित्यकार हरि कट्टेल, लक्ष्मी रायमाझी र भावना श्रेष्ठले पुरस्कृत स्रष्टाहरुको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभएको थियो ।

२०६२ सालमा स्थापित गुठीले हरेक दुई वर्षमा साहित्य, पत्रकारिता, गीतसंगीत लगायतका क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरुलाई नगदसहित सम्मान गर्दै आएको गुठीका अध्यक्ष विवश पोखरेलले जानकारी दिनुभयो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x