फित्काैली डटकमसर्जक अमर अधिकारी गुल्मेली संस्थाबाट सम्मानित
न्वागी खाने दिनको अवसर पारेर आयोजना गरिएको एक कार्यक्रममा चर्चित तथा किर्तिमानी लेखक तथा साहित्यकार अमर अधिकारिलाई सम्मान गरिएको हो ।

काठमाडाैं, २०८१ मङ्सिर ४ । गुल्मीको इस्मा गाउँपालिकाबाट काठमाडौंमा आई बसोबास गर्नेहरूको संस्था ‘इस्माली समाज काठमाडौँ’ ले फित्कौलीका सर्जक तथा साहित्यकार अमर अधिकारीलाई सम्मान गरेको छ ।
न्वागी खाने दिनको अवसर पारेर आयोजना गरिएको एक कार्यक्रममा चर्चित तथा कीर्तिमानी लेखक तथा साहित्यकार अमर अधिकारिलाई सम्मान गरिएको हो ।
समाजका अध्यक्ष वेदनिधि अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि डा. मुक्ति अर्यालले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
एकवर्ष यता अमर अधिकारीका सर्वाधिक लेख-रचनाहरू फित्कौली डटकम लगायत थुप्रै पत्रपत्रिकाहरूमा प्रकाशित हुँदै आएका छन् ।
काठमाडौंका ठूला सञ्चार माध्यमहरूदेखि रोल्पा, प्यूठान, दाङ र जुम्लासम्मका दुईदर्जनभन्दा बढी सञ्चार माध्यमहरूबाट उहाँका लेखरचनाहरू प्राथमिकताका साथ प्रकाशन हुनेगरेको पाइएको छ ।
हालसम्म बालकवितासङ्ग्रह ‘इन्द्रेणी’ आत्मकथासङ्ग्रह ‘ओगिल्जा’ र ‘रापतीका अलग शब्दहरू’ नामक भाषिका गरी तीनवटा कृतिहरू प्रकाशन गरिसक्नुभएका अमर आगामी दिनहरूमा झण्डै दर्जनभन्दा बढी पुस्तक प्रकाशन गर्ने तरखरमा हुनुहुन्छ भने थप गीत, गजल रेकर्डिङका लागि कुरा भइरहेको छ भने उहाँको रोल्पाली सेरोफेरोको ‘साइँली सलल’ गीत रेकर्डिङ भएर पनि बजारमा आइसकेको छ ।
अमर अधिकारीले निकट भविष्यमा आफ्नै जन्मथलो रोल्पाको खुंग्रीमा त्रिपुरा पुस्तकालय तथा वाचनालय स्थापना गर्ने योजना रहेको बताउनुभएको छ साथै त्यसका लागि सङ्घीय राजधानी काठमाडौंका विभिन्न प्राज्ञ तथा साहित्यिक संस्थाहरूबाट पुस्तकहरू संकलन हुने काम भइरहेको बताइएको छ ।
०००
Subscribe
Login
0 Comments
Oldest





































