सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मञ्जुश्री साहित्य समाजको ७६ औँ काव्यार्चना सम्पन्न

मञ्जुश्री साहित्य समाजको ७६ औँ शृङ्खला डा. बमबहादुर थापा जितालीकाे अध्यक्षता र स्रष्टा हरि खनालकाे प्रमुख आतिथ्य र प्रा. गङ्गा लिगलकाे विशिष्ट आतिथ्यमा सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ मङ्सिर ७ । डा. बमबहादुर थापा जितालीकाे अध्यक्षता र स्रष्टा हरि खनालकाे प्रमुख आतिथ्य र प्रा. गङ्गा लिगलकाे विशिष्ट आतिथ्यमा मञ्जुश्री साहित्य समाजको ७६ औँ शृङ्खला काव्य साधना र वाचन गरी सम्पन्न भएको छ ।

साँझ ५ बजे आरम्भ भएको कार्यक्रममा समाजका सचिव वीरबहादुर लोहनीले स्वागत काव्य वाचन गरी सबैलाई स्वागत गर्नुभयो । टेकबहादुर लौडारीले लोकसवाईमा लामखुट्टे घारीका शीर्षकको कविता सुनाउनु भयो । कवि खोलाघरे साहिँलाले छन्द शीर्षकमा वसन्ततिलका छन्दको कविता प्रस्तुत गर्नुभयो भने कवि भाग्यशाली अधिकारीले हाम्रो दायित्व शीर्षकमा शार्दूलविक्रीडित छन्दको कविता वाचन गर्नुभयो ।

कवि सुशिल रिजालले यन्त्र मानव शीर्षकको तोटक छन्दको कविता प्रस्तुत गर्नुभयो । कवि हरि खनालले जिन्दगानी शीर्षकको उपजाति छन्दको कविता गाउनु भएको यस कार्यक्रममा कवि द्वारिका पोख्रेलले भट्टीमा जाऊँ शीर्षकको कविता गाउनु भयो ।

कवि चन्द्रा न्यौपानेले सुसेलीसहित नेपाल शीर्षकको झ्याउरे छन्दको कविता गाउनुभयो । कवि गङ्गा लिगलले साहित्य र देशको भावनासहित मुक्तक प्रस्तुत गर्नुभयो । कवि दुर्गा अधिकारी भमरकोटेले शब्द शुभेच्छा प्रकट गर्नुभयो । कवि डा बमबहादुर थापा जितालीले राष्ट्रिय परिचय पत्रमा राष्ट्र र पहिचान हराएको भावको झ्याउरे छन्द कविता प्रस्तुत गर्नुभयो ।

प्रस्तुत सबै कविताहरूको समीक्षा खोलाघरे साहिँलाले गर्नुभएको थियो । कार्यक्रमका विषयमा प्रमुख अतिथिका रूपमा रहनु भएका हरि खनालले मञ्जुश्री साहित्य समाजले साहित्यका मञ्जरीहरूको मलजल गरिरहेको र यससँग आफ्नो भावनात्मक सम्बन्ध रहेको तथा यसका अध्यक्ष छन्दमञ्जरीको संरक्षकसमेत हुनुभएको चर्चा गर्दै कार्यक्रमको निरन्तरतरताका लागि शुभकामना दिनुभयो ।

अध्यक्षको आसनबाट कवि बमबहादुर थापा जितालीले प्रस्तुत सबै कविताहरू निकै सुन्दर रहेको विचारसहित सबैलाई धन्यवादसहित कार्यक्रमको समापन गर्नुभएको थियो ।

कार्यक्रममा वाचित रचनामाथि समीक्षा खाेलाघरे साहिँलाे गर्नु भएकाे थियाे भने वीरबहादुर लोहनीले सञ्चालन गर्नु भएकाे थियाे ।

०००
– हखकाे साैजन्यमा

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x