साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार उद्धव सापकोटाको ‘संस्मरणमा जीवनयात्रा’ को लोकार्पण

नेपाली सेनाका अ.प्रा. सेनापति राजेन्द्र क्षेत्री, समाजका अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ 'रोदन', वरिष्ठ कवि हरि अधिकारी र सर्जक उद्धव सापकोटा लगायतले उक्त कृति लोकार्पण गरे ।

Nepal Telecom ad

काठमाडौं, २०८१ पुस १० । साहित्यकार उद्धव सापकोटाको निबन्ध कृति “संस्मरणमा जीवनयात्रा”को लोकार्पण सम्पन्न भएको छ ।

नेपाल स्रष्टा समाजद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली सेनाका अ.प्रा. सेनापति राजेन्द्र क्षेत्री, समाजका अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, वरिष्ठ कवि हरि अधिकारी र सर्जक उद्धव सापकोटा लगायतले उक्त कृति लोकार्पण गरे ।

कार्यक्रममा प्रमुख अतिथि अ.प्रा.सेनापति क्षेत्रीले परिवार र भावि सन्ततिलाई लेखक बारे जानकारी राख्न सक्ने कृति आएको भन्दै खुशी व्यक्त गरे । “सेनाले राजनीति बुझेको हुन्छ । तर राजनीति गर्दैन। सापकोटाले विभिन्न राजनीतिक सन्दर्भहरुको तथ्यलाई स्पष्ट राख्नुभएकोले यो संकेत गर्छ ।” भन्दै उद्धव सापकोटा बहुआयामिक व्यक्तित्व भएको चर्चा गरे ।उनले कृतिले नेपाली सेनाको बारेमा धेरै कुरा उजागर गरेको पनि बताए ।

कृतिमाथि टिप्पणी गर्दै वरिष्ठ कवि हरि अधिकारीले उद्धव सापकोटा लेखनीमा इमान्दार भएको आफूले पाएको बताए । अधिकारीले कृतिकार सापकोटालाई सामाजिक क्षेत्रमा लगनशील र सकारात्मक सोच भएका व्यक्तिको रुपमा उनको चर्चा गरे ।

यसैगरी अर्का वक्ता डा.शेखर कुमार श्रेष्ठले कृतिको सार बताउँदै जन्मकालदेखि वर्तमान समयसम्म कृतिकार आइपुग्दा देखे,भोगेका र गरेका गतिविधि बारे कृतिले जानकारी दिएको बताए । उनले जीवनको उर्वरमय र महत्वपूर्ण घुम्तीहरुलाई बढी जोड दिएको कृति निबन्ध पनि हो र संस्मरण पनि हो भन्दै कृतिले धेरै कुराको जानकारी दिएको बताए ।

रचनागर्भको बारेमा लेखकीय मन्तब्य राखेका लेखकले सबैप्रति आभार व्यक्त गरे ।

सभाध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले “पुस्तक निकाल्नु भनेको छोराले घर बनाउँनु, छोरी मान्छेले सन्तान जन्माएको जस्तो हुनुपर्नेमा वर्तमान समयमा त्यस्तो भएको छैन । साहित्य जस्तो क्षेत्रमा अराजकता र नराम्रा पक्षहरु हावी भएको छ” भन्दै चिन्ता व्यक्त गरे । उनले “चेक काटेर लेखक बन्नेहरु पनि छन् तर तिनमा सिर्जनशीलता हुँदैन । साहित्य भनेको साधना हो हतार गर्नेहरु साहित्यमा लाग्नु हुँदैन, त्यस्ताले त दौडमा भाग लिनुपर्छ भन्दै संस्मरण लेख्नु भनेको इमान्दारीताको लेखन हो । आफूलाई सार्वजनिक गर्नु हो । कमि कमजोरी नलुकाई लेख्नु हो” भन्दै उद्धव सापकोटा इमान्दार लेखकको रुपमा आफूले पाएको बताए ।

स्रष्टाका गुरु लेखनाथ हुमागाईले शुभकामना मन्तव्य राखेको उक्त कार्यक्रममा समाजका सदस्य शंकर भारतीले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार पवन आलोक, कवि एवं वरिष्ठ मनोचिकित्सक डा.अनन्त अधिकारी, सापकोटा कल्याण केन्द्र नेपालका सभापति डा.कविन्द्रप्रसाद शर्मा सापकोटा लगायतका अतिथिहरु थिए ।

कार्यक्रम साहित्यकार एवं समाजका सदस्य प्रदीप सापकोटाको सञ्चालनमा भएको थियो । कार्यक्रममा मञ्चासिन अतिथिहरुलाई समाजकी कोषाध्यक्ष तारा सुवेदीले खादा तथा मालाले स्वागत गरेकी थिइन् ।

कृतिलाई स्रष्टा उद्धव सापकोटाले नै प्रकाशनमा ल्याएका हुन् ।

०००
– प्रदीप सापकोटाको साैजन्यमा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
शेखरकुमार श्रेष्ठ
शेखरकुमार श्रेष्ठ
1 year ago

बधाई

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x