साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढेस कालमा निधार भए नाैमुजा

विवेक नै छैन घरमा हाँसी खुसी वचनका देखावटी माया बाेली घृणा रुपि सज्जनका ।

Nepal Telecom ad

विश्वनाथ ढुङ्गेल :

पैतालाका धुलाे मैलाे
अझै धुन बाँकिनै छ
बुझ्नेर देख्ने काेहि छैन
अझै रुन बाँकिनै छ ।१

हातभरि उठ्या ठेला
निकाे अझै भाकाे छैन
नाम्लाे बाेक्या निधारमा
अझै खाटा गाकाेछैन ।२

सपनीकाे हिलाे धुलाे
सफा हुन बाँकिनै छ
मनकाे धाेकाे फुकाएर
अझै रुन बाँकिनै छ ।३

उमेरमा सवै प्यारा
हाँसि वचन भइयाे
हित चित्त हाँसिखुसी
लम्कि अघि गइयाे ।४

अत्ताे पत्ताे हुँदैनथ्याे
नातापाता ढाकी
पहराका छाल जस्ताे
अझै पनि रुन बाँकी ।५

बुढाे आफू हुन्न हाेला
भन्ने मेराे साेच भयाे
झरि पर्दा छैन ओेत
सेवा सुसार सवै गयाे ।६

ढिकी जाँताे सवै सकी
पानी लिन पधेंराेमा
जानु पर्थ्याे गाग्राे बाेकी
शुभ साँझ अँधेराेमा ।७

कुना काप्चा कन्दरामा
घाँस पराल दाउरी
उमेरले गर्दा आज
गालामा परे चाउरी ।८

कति हँसी मुहारमा
सुखी चर्या सवै जित्याे
संझनाकाे पिरलाेमा
आजभाेलि दिन बित्याे ।९

स्वार्थताकाे भावनामा
कहिँकतै लागिएन
माया माेह शिष्ट बिना
मन अन्त जागिएन ।१०

नाैमुजाका निधार भए
छाेरा छाेरी जवान
कपाल पनि तैरिगए
कमजाेरीमा नयन ।११

भात भान्छा स्याहारमा
हाम्राे दिन बित्दै गयाे
कस्ताे कर्म बुढाे हुँदा
नैरास्यमा मन भयाे ।१२

छाेरा छाेरी नातिहरु
हुँदा खुसी जति पनि
मायाजालमा सधैं बस्ने
स्वार्थीपन मन धनी ।१३

जुरुमुरु गर्न हुन्न
शक्तिभर आँट छैन
दैवलिला कस्ताे कर्म
उठ्ने अब छाँट छैन ।१४

विवेक नै छैन घरमा
हाँसी खुसी वचनका
देखावटी माया बाेली
घृणा रुपि सज्जनका ।१५

हाम्राे दुख सँगै लान्छाैँ
किन छाेड्नु पर्छ अब
तिम्रा पनि ढल्छ उमेर
हुन्छ हाेला थाहा जब ।१६

नैरास्यका ज्वारभाटा
अब उठ्दै आउनेछ
सच्चा चाेला मायामाेह
बुझाैं कस्ले पाउँनेछ ।१७

००
सूर्यविनायक, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्याईं सङ्घर्ष

बुढ्याईं सङ्घर्ष

विश्वनाथ ढुङ्गेल
आमा (१)

आमा (१)

विश्वनाथ ढुङ्गेल
गर्छाैं पुकार

गर्छाैं पुकार

विश्वनाथ ढुङ्गेल
बुढेस कालमा रमाएर

बुढेस कालमा रमाएर

विश्वनाथ ढुङ्गेल
फलैंचाकाे बास !

फलैंचाकाे बास !

विश्वनाथ ढुङ्गेल
पापकाे भारी

पापकाे भारी

विश्वनाथ ढुङ्गेल
0
Would love your thoughts, please comment.x
()
x