साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिद्धेश्वर मा. वि., दावाँमा ‘ खाइराइड’ को पठनपाठन सुरु

सिद्धेश्वर मा. वि., दावाँमा अतिरिक्त पाठ्यक्रम अन्तर्गत साहित्यिक कृतिलाई अध्यापन गराउने व्यवस्था भए बमोजिम कक्षा ११ को लागि बहुचर्चित हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह 'खाइराइड' छनाेट गरिएकाे छ ।

Nepal Telecom ad

भोजपुर, २०८१ माघ १० । सिद्धेश्वर मा. वि., दावाँमा अतिरिक्त पाठ्यक्रम अन्तर्गत साहित्यिक कृतिलाई अध्यापन गराउने व्यवस्था भए बमोजिम कक्षा ११ को लागि बहुचर्चित हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘खाइराइड’ छनाेट गरिएकाे छ ।

विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक एवम् शिक्षकहरुसँगको परामर्शपछि सरल भाषा र आकर्षक शैलीमा लेखिएको ‘खाइराइड’को पठनपाठन शुरु भएको हो । ‘खाइराइड’को अध्ययन अध्यापनबाट विद्यार्थीहरूले हास्यव्यङ्ग्य साहित्यका बारेमा जान्ने र सिक्ने अपेक्षा विद्यालयले गरेको छ।

नेपाली साहित्यको सिङ्गै कृतिलाई विद्यालयले पहिलो पटक यसरी पठनपाठन शुरु गरेको हो। त्यसैले खाइराइड हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रहको अध्ययन अध्यापन किन ? भन्ने सम्बन्धमा विद्यालयले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्र.अ. सुवासचन्द्र दाहालले भोजपुरको दावाँ गाउँमा जन्मिएर सिद्धेश्वर मा. विद्यालयमा कक्षा ९ सम्मको अध्ययन पूरा गर्नुभएका राजेन्द्र कार्कीको ‘खाइराइड’ कृति अध्ययन अध्यापन गर्न गराउन पाउनु खुसी र गर्वको कुरा भएको उल्लेख गर्नु भयो।

‘खाइराइड’ मा समावेश गरिएका केही निबन्धहरूमा यही दावाँ गाउँकै कतिपय स्थानहरूको प्रसङ्ग परेका छन् । यी प्रसङ्ग पढ्न पाउदा विद्यार्थीहरू उत्साहित र रोमाञ्चित हुने साथै हामी पनि यस्तै सिर्जनाहरू गर्न सक्छौं भन्ने साहस र प्रेरणा विद्यार्थीहरूमा जागृत हुनसक्ने पनि प्र.अ. दाहालले बताउनु भयो ।

कक्षा ११ का नेपाली विषय शिक्षक गणेशकुमार श्रेष्ठले नेपाली हास्यव्यङ्ग्य निबन्धको इतिहास, प्रवृत्ति र विकासक्रमका वारेमा चर्चा गर्नु भएको थियो। साथै उहाँले विद्यार्थीलाई जानकारी दिँदै खाइराइडभित्र ३१ वटा हास्यव्यङ्ग्य निबन्ध छन् र ती निबन्धको अध्ययनपछि कृतिको समीक्षा र हास्यव्यङ्ग्य निबन्ध र कविता लेख्न विद्यार्थीलाई उत्प्रेरित गराउँदै लेखनमा सहजीकरण गर्ने बताउनुभयो ।

फित्कौली अनलाइन मिडियाद्वारा प्रकाशित राजेन्द्र कार्कीको ‘खाइराइड’ निबन्ध कृतिलाई काठमाडौंको डियरवाक स्कुलले अतिरिक्त पाठ्यक्रममा राखेर कक्षा ९, १०, ११ र १२ मा पठनपाठन गराएको छ। अन्य विद्यालयहरुले पनि खाइराइडलाई अतिरिक्त पाठ्यक्रमको रुपमा पढाउन रुचि देखाई रहेको प्रकाशक नरनाथ लुइँटेलले बताउनु भयो ।

विद्यार्थीले लेखेका उत्कृष्ट समीक्षा, हास्यव्यङ्ग्य निबन्ध र कवितालाई फित्कौली अनलाइनले स्थान दिने विद्यार्थीलाई जानकारी गराएको थियो।

०००
– शरण खत्री  ‘मृदुल’, भोजपुर।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x