साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेकान

सकेसम्म चल्दै नचल्नू चल्नै परे बिचार गरेर चल्नू उहाँ विरुद्ध चल्न यो बेला बतास पनि निषेधित छ ।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

१.
मुटु चस्काउने महत्वाकाङ्क्षा विषादले रहेछ
आफैभित्रका तृष्णा व्यग्रता र उन्मादले रहेछ
दुनियाँले भनेझैँ त कहाँ जलाउँछ र पिरतीले
सताउने रुवाउने मनमा बसेका यादले रहेछ ।

२.
कटु बचनजस्तो च्वास्स घोच्ने कुनै किलो हुँदैन
मनझैँ पिलिई भित्र भित्रै पाक्ने कुनै पिलो हुँदैन
मनको द्वार ह्वात्तै खोल्दै नखोल्नू बा भन्नुहुन्थ्यो
मान्छेको मन किताब जस्तो पढ्न सजिलो हुँदैन ।

३.
इजाजत नलिएर उहाँसङ्ग भेट मुलाकात नगर्नूस्
चिनेकै भए पनि चुपचाप बस्नू सनाखत नगर्नूस्
जे गर्नुहुन्छ उहाँ गर्न दिनुस् लीला ठान्नुस् प्रभुको
बोल्दै नबोल्नुस् उहाँको विरुद्ध वकालत नगर्नूस् ।

४.
लाग्छ प्रदूषण पनि यहाँ राजनीतिसँगै समाहित छ
यत्रतत्र सर्वत्र राजनीति डुङ्ङ गनाएर दुर्गन्धित छ
सकेसम्म चल्दै नचल्नू चल्नै परे बिचार गरेर चल्नू
उहाँ विरुद्ध चल्न यो बेला बतास पनि निषेधित छ ।

०००
भैरहवा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
मुखाले भन्ने बोक्सीको जेठाजु ।
मुखाले भन्ने बोक्सीको जेठाजु ।
1 year ago

एकापरातै रुद्रावतार मुक्तकले मन्त्रमुग्ध बनायो ।

Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
1
0
Would love your thoughts, please comment.x
()
x