साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डा.गोविन्दराज भट्टराईको उपन्यास कृति ‘नयाँ मुग्लान’ लोकार्पित

प्राध्यापक एवम् कवि एल बी क्षेत्रीको अध्यक्षतामा प्रा.डा. अभि सुवेदीको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा आयोजित कृतिको लोकार्पण भएको हो । आख्यानकार जानुका खतिवडा, प्रा.डा. कुमार कोइराला, प्रा महेश पौड्याल र प्रा.डा. अभि सुवेदीले लाेकार्पित उपन्यासमाथि समीक्षात्मक धारणा प्रस्तुत गरेका थिए ।

Nepal Telecom ad

काठमाडौँ, २०८१ माघ १२ । वरिष्ठ समालोचक, उपन्यासकार, नियात्राकार तथा निबन्धकार प्रा.डा. गोविन्दराज भट्टराईको नयाँ उपन्यास ‘नयाँ मुग्लान’को लोकार्पण भएको छ । प्राध्यापक एवम् कवि एल बी क्षेत्रीको अध्यक्षतामा प्रा.डा. अभि सुवेदीको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा आयोजित कृतिको लोकार्पण भएको हो । कार्यक्रमको उद्घोषण प्राध्यापक अशोक थापाले गरेका थिए ।

कार्यक्रममा आख्यानकार जानुका खतिवडाले कृतिमाथि पाठकीय प्रतिक्रिया राखेकी थिइन् । उत्तर आधुनिकतालाई प्रयोग गरिएको सिंगो उपन्यासले विमानविकृत भइरहेको हाम्रो देशको वास्तविक चित्रण गरेको उनले बताइन् । उपन्यासलाई उनले ‘कर्मी चराको गुँड जस्तो’ संज्ञा दिएकी थिइन् । उपन्यासमा आफूले विधा मिश्रण पाएको उनको भनाइ थियो ।

विशिष्ट अतिथि प्रा.डा. कुमार कोइरालाले उपन्यासलाई अनिश्चयको चिन्तनबाट लेखिएको बताए । उपन्यासकारको शारीरिक पीडा र देशको पीडा दुबैले उपन्यास लेख्न उक्साएको पनि उनले भने । उपन्यासमा स्वैरकल्पना र बिडम्बनापूर्ण हास्यरस मिसिएको पनि उनले बताए ।

व्यगात्मक रुपमा प्रस्तु गरिएको उपन्यास उत्तरआधुनिक काव्यिक शैली रहेको आफूले पाएको कोइरालाको भनाइ थियो । नयाँ मुग्लान नेपालको वर्तमान अवस्थाको पुनःलेखन भएको भन्दै यसलाई उनले किनारीकृतहरूको दुखान्त कथा भने । उपन्यास भ्रान्तिको सिद्धान्तमा लेखिएको उनको भनाइ थियो ।

कार्यक्रममा साहित्यकार तथा प्रा महेश पौड्यालले निर्वासन चिन्तनको आधारमा उपन्यासमाथि चर्चा परिचर्चा गरेका थिए । कुनै समय मुग्लान भासिएकाहरूको मृत्युको खबर रातो धागो बाँधिएको चिठ्ठीमा आइपुग्थे । तर अहिले कफिनमा शव आउने गरेको कटु सत्यतालाई उपन्यासले प्रकाश पारेको उनको भनाई थियो । साहित्यका विविध विधामा साधनारत् भइरहँदा आफूले उपन्यास लेख्न नसकेको चिन्तापीडा यो उपन्यासमा पोखेको डा. गोविन्दराज भट्टराईले भने । लेख्न नपाएको कुन्ठा उम्लिएर यस कृतिमा पोखिएको उनको भनाई थियो ।

कार्यक्रममा अभि सुवेदीले ‘नयाँ मुग्लान’लाई अधिचेतनाले लेखिएको उपन्यास बताए । कृति उत्तर आधुनिकतामा आधारित भएर देखिएको भन्ने अन्य वक्ताको भनाईलाई काट्दै सुवेदीले यो शक्तिशाली उपन्यास भएको बताएका थिए ।

कार्यक्रमको अन्त्यमा एल बी क्षेत्रीले आफू र आफ्नो परिवार स्वयम् मुगलानिएको भन्दै कृतिमा धारणा राख्नु कत्तिको जायज होला भन्ने प्रश्न गरेका थिए । गाउँहरू रित्तै भइरहेकोमा उनले चिन्ता पनि व्यक्त गरेका थिए । पेज टर्नरले प्रकाशन गरेको यो कृतिको मूल्य ३७५ रुपैयाँ रहेको छ ।

डा. भट्टराईकाे नयाँ मुगलान कृति लाेकार्पणकाे पुरा कार्यक्रम फित्काैलीकाे आधिकारिक युटुव च्यानल fitkauli ko khitkauli, fitkauli.com र फित्काैलीकाे फेसबुक पेजबाट लाइभ प्रशारण गरिएकाे थियाे ।

०००
समाचार श्राेत : राताेपाटी डटकम, तस्विर : फित्काैली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x