साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यङ्ग्यकार अधिकारीलाई अमेरिकाबाट‘ स्वर्णाभ कलम’

साहित्य-लेखनमा अझ बढी सक्रियता बढोस् भन्ने अभिप्रायले उक्त ‘स्वर्णाभ कलम’ प्रदान गरिएको छ। कलम झ्वाट्ट हेर्दा “सुनकै हो कि !” झैँ लाग्छ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ माघ १६ । पछिल्लो समय साहित्य-लेखनमा सक्रिय लेखक तथा साहित्यकार अमर अधिकारीले एकपछि अर्को कीर्तिमान कायम गर्दैआएका छन्। साथै उनले एकपछि अर्को उपाधि पनि हासिल गर्नेगरेको पाइएको छ। व्यंग्यकारको रुपमा समेत स्थापित अधिकारीको चर्चा एकाएक बढ्नथालेपछि उनका शुभचिन्तकहरुको संख्या पनि बढ्दो छ।

उनले देश-विदेशबाट उपहार स्वरुप विभिन्न सामग्रीहरु प्राप्त गर्नेगरेका छन्। कसैले खुशीले प्रदान गरेको उपहार अस्वीकार गर्ने बानी छैन उनमा। उपहार प्राप्त गरेपछि आफू आभारी हुने चाहिँ उनी बताउँछन्। “उपहार वा कोसेलीको बदलामा के दिने हो त ?” भनेर विचार पनि गर्छन्।

खाडी मुलुकबाट पनि उनलाई कहिले विभिन्न थरिका मसलाका प्याकेट आउँछ त कहिले चकलेटका ठूला पोका प्राप्त हुन्छ।
उनले अमेरिकाको सिकागोबाट छवर्षअघि मोटोरोला कम्पनीको मोबाइल सेट उपहारको रुपमा प्राप्त गरेका थिए भने करिब तीन महिनाअघि डेल कम्पनीको एउटा ल्यापटप पनि उपहार प्राप्त गरेका छन्। हालै मात्र उनले संयुक्त राज्य अमेरिकाको ओरेगनबाट कोसेलीको रुपमा ‘स्वर्णाभ कलम’ प्राप्त गरेका छन्।

कीर्तिपुर माध्यमिक विद्यालयका कुनै बखतका अब्बल छात्रको रुपमा गनिने र सधैँ कक्षामा प्रथम भैरहने भरत बाँसकोटाबाट अमरले उक्त कलम प्राप्त गरेका हुन्। बाँसकोटा हाल अमेरिकाको ओरेगनमा बसोबास गर्नुहुन्छ। साहित्य-लेखनमा अझ बढी सक्रियता बढोस् भन्ने अभिप्रायले उक्त ‘स्वर्णाभ कलम’ प्रदान गरिएको छ। कलम झ्वाट्ट हेर्दा “सुनकै हो कि !” झैँ लाग्छ।

बाँसकोटाले त्रिभुवन विश्वविद्यालयबाट एम.एस्सी. र एम.पि.ए. उतीर्ण गर्नुभएको थियो भने नेदरल्याण्ड्सको द हेगस्थित आइ.एस.एस. इरासमस विश्वविद्यालयबाट एम.ए. समेत गर्नुभएको छ।

त्यस्तै उहाँले संयुक्त राज्य अमेरिकाको पोर्टल्याण्डस्थित कम्युनिटी कलेजबाट एकवर्षे कम्प्युटर कोर्स पनि गरिसक्नुभएको छ। उहाँले केही समय नेपाल सरकार, वाणिज्य मन्त्रालयमा शाखा अधिकृत भएर सेवा पनि गर्नुभएको थियो। नेपालमा भविष्य अनिश्चित देखेपछि उहाँ अमेरिकातर्फ लाग्नुभयो। विगतमा बाँसकोटाले अमेरिकन रेडक्रस प्यासिफिक नर्थ वेस्ट ब्लड सर्भिसमा समेत कार्य गरेको लामो अनुभव पनि छ। उहाँ २०१४ देखि हालसम्म अमेरिकास्थित ओरेगन डिपार्टमेन्ट अफ ह्युमन सर्भिसमा कार्यरत हुनुहुन्छ।

‘अमर अधिकारीः व्यक्तित्व र कृतित्व’ नामको पुस्तक हालै मात्र प्रकाशन भएर लोकार्पण समेत भैसकेको छ। अमर अधिकारी अङ्कित, वर्णित र चित्रित पुस्तक काठमाडौँबासी प्रा.डा. घनश्याम पुडासैनीबाट लेखिनु र काठमाडौँकै व्यक्तिबाट महत्वपूर्ण कोसेली दिइनु अनौठो कुरा हुनआएको देखिन्छ।

फित्काैली डटकममा नियमित हास्यव्यङ्ग्य सिर्जना लेख्दै आएका अमर अधिकारीले पछिल्लो समय ‘सुपर राइटर’ को उपाधि समेत प्राप्त गरेका छन्।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x