साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहीदको सपना

"उफ्..! हाम्रो देशका शहीदहरूका सालिकको हालत यस्तो छ। उनले देखेका सपना झन् कस्ता भएका होलान् ?"- ऊ आफैं सालिकहरू नियाल्दै फतफतायो।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“शालिकराम ए शालिकराम ! “- बाहिरबाट आवाज आयो।
” को हो ?”- शालिकराम बाहिर निस्किए।

मन्त्रीको पिए घरको गेटमै आएर उभिएको थियो। त्यो देखेर शालिकराम आश्चर्यमा पर्यो। कहिल्यै नआउँने व्यक्ति ऊ आज कसरी आयो होला ? उसले मनमनै सोच्यो ।
” सर हजुर नमस्ते गरें।”-उसले दुबै हात जोड्यो र भन्यो।
” ठिक छ ठिक छ।
भोलि चोकहरूमा रहेका शहीदका सालिकहरू सफा गरेर राख्नु । मन्त्रीजीले शहीदको सालिकमा माला लगाएर सम्मान् गर्ने कार्यक्रम छ।”- पिए ताराप्रसादले बाहिरैबाट भन्यो।
“हजुर आइसियो न भित्र !”- शालिकरामले अनुरोध गर्यो।
“होइन मलाइ अरूठाउँमा पनि जानु छ।आजै यो काम सिध्दाएर मलाई जानकारी गराउनु है।”- पिएले आदेश दिएर हिँड्यो।

“खै वर्षमा एकचोटी माला लगाएर सम्मान् हुन्छ कि अपमान हुन्छ।”-शालिकराम मनैमन् भन्यो र फटाफट शहिदगेटतर्फ लाग्यो ।

केही शहीदका सालिकमा यति धेरै फोहोर जमेको थियो, कुनै कुनै त रङ्ग उत्त्रिएका र फुटेका पनि थिए।
“उफ्..! हाम्रो देशका शहीदहरूका सालिकको हालत यस्तो छ। उनले देखेका सपना झन् कस्ता भएका होलान् ?”- ऊ आफैं सालिकहरू नियाल्दै फतफतायो।

“शहीदको सपना हा.हा.हा ! मै हुँ शहीदको सपना”- नजिकै बसेकी एउटी महिलाले जोड जोडसँग हाँस्दै भनिन्। उनको एउटा हातमा चुच्चे नक्शा थियो र र्को हातमा देशको झण्डा।

शालिकराम निशब्द उसलाई हेरिरह्यो जबसम्म उ अदृश्य भइनन्।

०००
घोराही १८, दाङ
२८-०१-२०२५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
बैठक

बैठक

भोलानाथ सुबेदी
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
बाढीको पाठ

बाढीको पाठ

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x