साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जयराम तिमल्सिनाको पहिलो उपन्यास कृति ‘धीमहि’ लोकार्पण

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा साहित्यकारहरू प्रा. डा. ज्ञानू पाण्डे, भुवनहरि सिग्देल, महेश पौड्याल र लेखकद्वारा कृति सार्वजनिक गरिएकाे हाे ।

Nepal Telecom ad

काठमाडौं, २०८१ माघ १९ । लेखक जयराम तिमल्सिनाको पहिलो उपन्यास कृति ‘धीमहि’ लोकार्पण गरिएको छ ।

शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा साहित्यकारहरू प्रा. डा. ज्ञानू पाण्डे, भुवनहरि सिग्देल, महेश पौड्याल र लेखकद्वारा कृति सार्वजनिक गरिएकाे हाे ।

कार्यक्रममा प्रा.डा. पाण्डेले ‘धीमहि’ विचारप्रधान उपन्यास भएको बताइन् । जीवनकाे गहन दर्शन यो उपन्यासमा समेटिएको उनले उल्लेख गरिन् ।

समीक्षक पौड्यालले जयरामको उपन्यास पहिलो भए पनि शक्तिशाली रहेको बताए । कार्यक्रममा लेखक तिमल्सिना र सिग्देलले पनि बोलेका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x