साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्यकार लुइँटेल कालीगण्डकी साहित्य परिषदद्वारा सम्मानित

सिद्धिविनायक आवाशिय माध्यामिक विद्यालयको सभा हलमा सम्पन्न कार्यक्रममा हास्यव्यङ्ग्यकार एवं फित्कौली डटकम सम्पादक नरनाथ लुइँटेललाई कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी एवं सभापति पौडेलले संयुक्तरूपमा दोसल्ला ओढाई सम्मानपत्रद्वारा विभूषित गरिएको हाे ।

Nepal Telecom ad

चितवन, २०८१ माघ २१ । कालीगण्डकी साहित्य परिषद् चितवनकाे आयोजनामा हास्यव्यङ्ग्य स्रष्टा सम्मान, रचना वाचन र चिरञ्जीवी दाहालको व्यङ्ग्य निबन्ध सङ्ग्रह “बाघेझापु” माथि विमर्श कार्यक्रम सम्पन्न भयो ।

चितवनको कालिका नगरपालिका स्थित सिद्धिविनायक आवाशिय माध्यामिक विद्यालयको सभा हलमा सम्पन्न कार्यक्रममा हास्यव्यङ्ग्यकार एवं फित्कौली डटकम अनलाईन पत्रिका, फित्कौलीको खित्कौली युट्युब च्यानल र फित्कौली द्वैमासिक पत्रिकाका सम्पादक नरनाथ लुइँटेललाई सम्मानित गरियाे । कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी एवं सभापति पौडेलले संयुक्तरूपमा दोसल्ला ओढाई सम्मानपत्रद्वारा विभूषित गरिएको हाे ।

साहित्य परिषद्का सभापति गणेश शर्मा पौडेलको सभापतित्व तथा कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा महाकाव्यकार केशवराज आमोदी, गजलकार ऋषिप्रसाद लामिछाने (गाेर्खे साहिँलाे), आख्यानकार गोकर्ण मल्ल विशिष्ट अतिथि हुनुहुन्थ्यो ।

सो अवसरमा नगरप्रमुख रेग्मीले साहित्य कला र संस्कृतिको उन्नयनका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा चिरञ्जीवी दाहालकाे हास्यव्यङ्ग्य कृति बाघेझापुका विषयमा केशवराज आमोदीले तयार गर्नु भएको समीक्षा कवि दूर्गा पौडेलले प्रस्तुत गर्नु भएको थियो।

समारोहमा सम्मानित व्यक्तित्व नरनाथ लुइँटेलको व्यक्तित्व र कृतित्वका बारेमा परिषदका उपसभापति चिरञ्जीवी दाहालले प्रकाश पार्नुभएको थियाे भने सम्मानित व्यक्तित्व नरनाथ लुइँटेलले आफ्ना हास्यव्यङ्ग्य रचना प्रस्तुत गर्दै उपस्थित जनसमुदाय बीच हास्यव्यङ्ग्य के हो ? र हास्यव्यङ्ग्य कसरी लेखिन्छ भन्ने विषयमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा केशवराज आमोदी, ऋषिप्रसाद लामिछाने र गोकर्ण मल्लले पनि सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रममा चितवनका कवि तथा साहित्यकार केशवराज आमोदी, गोर्खे साइँलो, राजेन्द्र घायल, कमल अर्याल, गरिमा लुइँटेल, रामकृष्ण ढकाल, हेमा अर्याल, रुविन पौडेल, विष्णु पौडेल, टिकाराम रिजाल, सूर्य तिवारी लगायतले हास्यव्यङ्ग्य रचना वाचन गर्नु भएको थियो ।

कार्यक्रममा परिषदका उपाध्याय रामलाल कुमालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण परिषदका उपसभापति चिरञ्जीवी दाहालले गर्नु भएको थियो ।

०००
-चिरञ्जीवी दाहालकाे साैजन्यमा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’
ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’
1 year ago

२०८१ सालको सरस्वती पूजाका दिन कालीगण्डकी साहित्य परिसदले सरस्वतीमाताले ज्ञान बर्षा गराउने मन्दिरमा सरस्वती पुत्रपुत्रीहरूलाई जम्म गराएर वरिष्ठ हाँस्यब्याङ्ग्यकार नरनाथ लुईंटेललाई सम्मान गरेर हामी सबैले बधाई ज्ञापन गर्ने अवसर जुटाईदिएकोमा कालीगण्डकी साहित्य परिसद का अध्यक्ष गणेश पौडेललाई हृदयतः धन्यवाद ।

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x