साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभिको स्थापना दिवसमा विशिष्ट व्यक्तित्व पुरस्कृत

प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा भएको यो कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. अभि सुवेदी हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरूमा कोषराज न्यौपाने, इतिहासविद दिनेशराज पन्त, प्रा.डा. गोपाल भण्डारी, पूर्व सचिव गोपी मैनाली हुुनुहुन्थ्यो ।

Nepal Telecom ad

काठमाडौं, २०८१ माघ १९ । गोकर्णेश्वर नगरपालिका ८ ढोल्खा धारो कृष्ण कुटी, बेँसीगाउँ, काठमाडौँमा सुरभि साहित्य प्रतिष्ठानले स्थापना दिवसको अवसर पारेर विभिन्न सर्जकहरूलाई पुरस्कृत गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा भएको यो कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. अभि सुवेदी हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरूमा कोषराज न्यौपाने, इतिहासविद दिनेशराज पन्त, प्रा.डा. गोपाल भण्डारी, पूर्व सचिव गोपी मैनाली हुुनुहुन्थ्यो । अतिथिहरूमा प्रतिष्ठानका संरक्षक वरिष्ठ साहित्यकार विजय चालिसे, महाकाव्यकार गोविन्द घिमिरे वेदमणि, समालोचक युवराज मैनाली, साहित्यकार बिन्दु सुवेदी, साहित्यकार श्रीहरि फुयाल, समालोचक ठाकुरप्रसाद शर्मा, डा. शेखरकुमार श्रेष्ठ, शरद प्रधान, माधव घिमिरे, निर्मल अर्याल, विनोद चापागाईं र उद्धव रायमाझी हुनुहुन्थ्यो ।

सुरभि साहित्य प्रतिष्ठानको सत्रौँ स्थापना दिवसको अवसर पारेर गरिएको कार्यक्रममा प्रमुख अतिथि अभि सुवेदीले पुरस्कृत व्यक्तित्वहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो । जसमा नगद राशि रू ५१ हजारको सुरभि–विजय चालिसे वाङ्मय पुरस्कार प्रा. डा. दयाराम श्रेष्ठ सम्भवलाई, २५ हजार राशिको सुरभि–रमा बद्री निबन्ध पुरस्कार वरिष्ठ निबन्धकार एवं अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेलाई, २५ हजार राशिकै गुरुप्रसाद मैनाली–सुरभि आख्यान पुरस्कार वरिष्ठ कथाकार किशोर पहाडीलाई, २५ हजार राशिकै सुरभि–बाजुराम आख्यान साधना पुरस्कार वरिष्ठ कथाकार भागीरथी श्रेष्ठलाई अर्पण गरिएको थियो । प्रतिष्ठानको स्थापनाको अवसरमा गरिने विशिष्ट व्यक्तित्वको अभिनन्दन यस पटक गीतकार कन्चन पुडासैनीलाई गरिएको थियोे ।

पुरस्कार चयन समितिका सदस्य समालोचक युवराज मैनालीले पुरस्कार प्राप्त साधकहरूको विशिष्टताको सराहना गर्दै छनौट प्रक्रिया बारे सभामा बोल्नुभएको थियो भने त्यस बाहेक किशोर पहाडी र भागिरथी श्रेष्ठको छोटो परिचय मेनका पोखरेलले दिनुभएको थियो र साहित्यिक पत्रकार रोचक घिमिरे र प्रा.डा. दयाराम श्रेष्ठ सम्भवको परिचय प्रमोद प्याकुरेलले दिनुभएको थियो ।

पुरस्कार संस्थापकमध्ये साहित्यकार एवम् पत्रकार विजय चालिसेले आख्यान विधाको लागि आफूलाई प्राप्त पुरस्कारमा थप गरी स्थापना गरिएको बताएका थिए । कार्यक्रममा पुरस्कृतद्वय किशोर पहाडी र भागीरथी श्रेष्ठले लामो कथा वाचन गर्नुभएको थियो भने कथाकार दीपक लोहनीले लघुकथा वाचन गर्नुभएको थियो ।

देशका प्रतिष्ठित साहित्यकार, पत्रकारहरू भेला भएको भव्य कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. अभि सुवेदीले सुरभि साहित्य प्रतिष्ठानको कार्यको सराहना गर्दै पुरस्कारको विकृति बढिरहेको समयमा दिनेले मैले यो यति दिएँ भन्नु नहुने कुरा बताउनुभयो । दिनेशराज पन्त, गोपी मैनाली, गोविन्द घिमिरे वेदमणि, कोषराज न्यौपाने, विजय चालिसे र प्रा.डा.गोपाल भण्डारीले मन्तव्य व्यक्त गर्नुभएको थियो । जसमध्ये कोषराज न्यौपानेले छोटो बोलेर साहित्यिक कार्यक्रमहरू डेढ घण्टामा सकिनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

विजय चालिसेले सुरभिले गद्य विधाको आख्यान वाचनलाई प्रश्रय दिइरहेको र यसै विधामा पुरस्कारहरू स्थापना गरेर प्रदान गरिरहेको कुरा बताउनुभयो । गोविन्द घिमिरे वेदमणिले सम्मानहरू विकृतिरहित र दागरहित हुनुपर्ने कुरा बताउनुहुँदै सुरभिले विशुद्ध साहित्यकारहरूलाई पुरस्कृत गरेकोमा खुसी लागेको बताउनुभयो ।

सुरभि प्रतिष्ठानका सदस्य वसन्त रिजालले स्वागत गरेको यो कार्यक्रमको सञ्चालन अच्युत घिमिरेले गरेका थिए ।

०००
-परशुराम परासरद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x