साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध चिन्तन

बढेर बोसो अनि डस्छ रोगले अल्छेपनाको रह बन्छ भोगले फुर्ती बढाओ तब भन्नुपर्दछ छौँ वृद्ध जो जो हित बन्नुपर्दछ ।।

Nepal Telecom ad

कविराज घिमिरे :

लालित्य छाओस् मनभित्र होस् गया
स्वभाव उम्दा रसयुक्त होस् दया
यी बात वृद्धाजनले सिकाउँदा
छोरी र छोरा तब बन्दछन् सुधा ।।१

सिकाइले हो गुण दोष छुट्टिने
दोषी भए तापनि हुन्छ ढुट्टिने
पवित्र पार्ने जन मूल हुन् पिता
माताबिनाको दृढ हुन्न शिष्टता ।।२

शिक्षा लिँदैमा सब हुन्न पूर्णता
विशाल हुन्छन् कति ओज कर्मका
उत्रेर आफ्ना श्रमका हिसाबले
बाँड्दै गरेमा फल दिन्छ जोडले ।।३

मैदान खाली नरहोस् कतै पनि
उद्योग व्यापार जता भएपनि
कि शिल्पका हुन् बहुतै विभाग ती
खटुन् सँगैमा तब लाग्छ ओखती ।।४

बढेर बोसो अनि डस्छ रोगले
अल्छेपनाको रह बन्छ भोगले
फुर्ती बढाओ तब भन्नुपर्दछ
छौँ वृद्ध जो जो हित बन्नुपर्दछ ।।५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x