साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मात्कौली

कवाडीवालाः वियरको पाँच रुपियाँ र रक्सीको दुई रुपियाँ। घरवालाः वियरभन्दा रक्सी कडा हुन्छ, तर सिसिको भाउ चाहीँ नरमको बढी रहेछ, किन हो नि ?

Nepal Telecom ad

अमर अधिकारी :

(कार्यालयबाट श्रीमान् रक्सीले मातेर ढिलो आएपछि)
श्रीमतीः छ्या ! अलिकति पनि लाज छैन है तपाइँलाई?
श्रीमानः अलिकति मात्र हैन प्रिय ! मलाई धेरै लाज छ, त्यसैले त रक्सीको सहारा लिन्छु।
-१-

(जँड्याहा नंबर एक पहिलो भट्टी भ्याएर अर्को पसलमा छिरे)
जँड्याहाः ए साहुजी, एक गिलास दिनुस् त !
साहुः उ त्याँ लस्सी पाइन्छ भनेर लेखेर टाँसेको देख्नुभएन?
जँड्याहाः ए! म त लस्सीलाई रक्सी जस्तो पो देखेछु !
-२-

(एक मान्छे टन्न रक्सी पिएर मातेर घर आएपछि)
श्रीमतीः तपाईँलाई अलिकति पनि लाज छैन? यसरी टन्न पिएर आउन !
श्रीमान्: के को लाज ? पिशावले भिजेको भए पनि पाइन्ट लगाएकै छु क्यारे।
-३-

(कवाडीवाला घरघरमा खाली सिसि भन्दै हिँड्दैगर्दा)
घरवालाः ए भैया ! वियरको बोतल कतिमा र रक्सीको बोतल कतिमा लैजान्छौ ?
कवाडीवालाः वियरको पाँच रुपियाँ र रक्सीको दुई रुपियाँ।
घरवालाः वियरभन्दा रक्सी कडा हुन्छ, तर सिसिको भाउ चाहीँ नरमको बढी रहेछ, किन हो नि ?
-४-

(कक्षामा पढाई भैरहँदा)
विद्यार्थीः सर कक्षाकोठामा रक्सीको जस्तो गन्ध आएको छ नि !
शिक्षकः रक्सीको जस्तो होइन रक्सीकै हो राजु !
-५-

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x