साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपना मर्मत केन्द्र

सधैं हतारमा प्यासेन्ट चेक गर्ने डाक्टरलाई शान्त देखेर मिस्त्री भन्छन् – मैले छोरी सपनाको नाममा यो दोकान खोलेपछि मेरो काम राम्रोसित चलेको छ । कसैको घरमा गएर मोटरसाइकल मर्मत गर्दिन ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

बोर्ड अड्केका अक्षर टल्कन्छ र आँखा जुध्दा पड्कन्छ – सपना मर्मत केन्द्र । डाक्टर राति घर फिर्ने बेला गल्लीमा छिर्ने ठाउँमा झुन्डिएको छ बोर्ड । क्लिनिकमा मिलिक्क पनि नबिर्सने गरी उपचार गराउने मनसायमा छन् डाक्टर । क्लिनिकको सटर हतरपतर बन्द गरी आँखा चिम्लेर त्यहीं पुग्छन् ।
डाक्टर – यहाँ को हुनुहुन्छ ?

चिटिक्क सफा लुगा लगाएको अधबैंसे मानिस प्रकट हुन्छ । दुवै एक अर्काको दर्शन गर्छ खुबै बिना दर्पन ।

दोस्रो मानिस – यहाँ म हुनुहुन्छ ? अनि यहाँ को हुनुहुन्छ ?
डाक्टर – म डाक्टर हुँ । यहाँ उपचार गराउन आएको छु ।
दोस्रो मानिस – म पनि डाक्टर हुँ । बिग्रेकाको इलाज गर्छु । यहाँको के बिग्रेको छ ?
डाक्टर – मेरो के बिग्रेको छ भन्ने कुरा थाहा पाएको भए म आफैं इलाज गर्थें । अब यहाँले नै मेरो इलाज गर्नुपर्ने हुनाले मलाई के भएको छ भन्ने कुरो यहाँले बताइदिनुपर्ने भो ।
दोस्रो मानिस हुन्छन् मिस्त्री । मोटरसाइकलको नाम चलेको मिस्त्री । उनको छोरीको नाम सपना । छोरीको नाममा खोलेका छन् – सपना मर्मत केन्द्र ।
जो जस्तो छ उस्तै देख्छ । डाक्टरले बुझेको कुरो हो – बिग्रेको सपनालाई यहाँ मर्मत गरिन्छ । सपना डराउने, कराउने, हराउने, हप्काउने–दप्काउने, छप्काउने, लखेट्ने, भाग्ने, रुने, हाँस्ने सबै सपना देख्छन् । आफैं मरेको, आफ्नै काँधमा आफैँ चढेकोदेखि आफ्नो मलामी आफैं गएकोसम्म सपना देख्छन् ।

घुर्की लगाउने होस् कि फुर्ति, घुर्ने होस् कि कुर्ने सबै सपनाको ताती उनकै पछि लाग्छ । आँखा कतै नलगाए पनि आँखा लाग्नै हुँदैन, सपनाले घेरिहाल्छ । हैरान भएर उनी पुगेका छन् सपना मर्मत केन्द्र ठुलो सपना लिएर ।
मिस्त्रीले अलिक बेरमा डाक्टरलाई चिन्छन् । एक दुईपटक उपचार गराउन गएका पनि थिए । चिनेपछि उनी बुझ्छन् डाक्टरको मगज बिग्रेको छ ।

सधैं हतारमा प्यासेन्ट चेक गर्ने डाक्टरलाई शान्त देखेर मिस्त्री भन्छन् – मैले छोरी सपनाको नाममा यो दोकान खोलेपछि मेरो काम राम्रोसित चलेको छ । कसैको घरमा गएर मोटरसाइकल मर्मत गर्दिन ।

चारैतिरको दृश्य देखेपछि डाक्टरको आँखा खुल्छ । केही नबोली उनी टाप कस्छन् ।

०००
वसन्त पञ्चमी
२१ माघ २०८१
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
कुत्ताभक्ति

कुत्ताभक्ति

सञ्जय साह मित्र
विवाह विदा र हनिमून प्याकेज

विवाह विदा र हनिमून...

सञ्जय साह मित्र
0
Would love your thoughts, please comment.x
()
x