फित्काैली डटकममहिला साहित्यिक जागरण अभियान कार्यक्रम सम्पन्न
उपाध्यक्ष विमल अर्यालको सभापतित्व र गो.न.पा. की उप प्रमुख सान्नानी लामा र रामेश्वरी पन्तको प्रमुख आतिथ्यमा सो कार्यक्रमको उद्घाटन भै रमेश विकल हलमा गृहिणीहरु र वासुदेव लुइँटेल हलमा शिक्षिका तथा महिला कर्मचारीहहरुको छुट्टाछुट्टै दुई कार्यक्रम सम्पन्न भएको हाे ।

काठमाडौं, २०८१ फागुन १० । अभिनव साहित्य समाजले महिला साहित्यिक जागरण अभियान अन्तर्गत गृहिणी, शिक्षिका तथा कर्मचारी समेतको प्रतियोगितात्मक आत्मकथा तथा आत्मस्मरण लेखन कार्य आज सम्पन्न भएको छ ।
समाजका उपाध्यक्ष विमल अर्यालको सभापतित्व र गो.न.पा. की उप प्रमुख सान्नानी लामा र रामेश्वरी पन्तको प्रमुख आतिथ्यमा सो कार्यक्रमको उद्घाटन भै रमेश विकल हलमा गृहिणीहरु र वासुदेव लुइँटेल हलमा शिक्षिका तथा महिला कर्मचारीहहरुको छुट्टाछुट्टै दुई कार्यक्रम सम्पन्न भएको छ ।
महिलाहरुको सिर्जनशीलताको विकासको लागि र प्रतिभा चयनको लागि नगरपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सो सहयोग जारी राखिने कुरा प्रमुख अतिथि सान्नानीले वताउनु भएको सो कार्यक्रमको विशेष अतिथिमा बाजुराम पौडेल, मन्दिरा मधुश्री, कल्पना आचर्य, यशोदा कार्कि, उमा कार्कि, वीणा भण्डारीआदि रहनुभएको थियो ।
कार्यक्रमको सञ्चालन शारदा पराजुली, स्वागत मन्तव्य मेनका पोखरेल/आचार्य, कथालेखन प्रशिक्षण परशुराम पराजुली, धन्यवाद मन्तव्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि र अन्य व्यवस्थापनमा बी.पी. इलामे संंलग्न हुनुभएको थियो ।
कार्यक्रममा गृहिणीतर्फ रमेश विकल हलमा निर्मला घिमिरे, राधा बोहरा, जानुका भट्टराई, निर्जा भण्डारी, उमा कार्की, यशोदा कार्की, विन्दु अधिकारी ढकाल, रोजिना पोखरेल, अम्बिका रिजाल, शोभा पोखरेल, जमुना भट्टराई सुवेदी, मिना तामाङ, तुलसा मैनाली, आस्था, सविता कार्की, सुशीला अधिकारी, शारदा सिंह ठकुरी, दुर्गा भवानी भट्ट, कविता कुमारी, विष्णु खनाल अधिकारी र रञ्जना पराजुली लंसाल हुनुहुन्थ्यो ।
यस्तै शिक्षिका तथा महिला कर्मचारीतर्फ शशी लामा, विजया बस्नेत, सुभद्रा सेढाई, कल्पना गौतम तिमल्सिना, लक्ष्मी आचार्य, गीता बराल, सुमित्रा श्रेष्ठ, दुर्गा लामिछाने, एलिना अधिकारी, कल्पना न्योपाने, विद्या न्यौपाने, सलिना भुजेल, किसन कुमारी गुरुङ, राधा कोइराला, वृन्दा ढुंगाना, शर्मिला तिमल्सिना, सरिता दुलाल घिमिरे, रेखा अर्याल, विणा नेम्फुला श्रेष्ठ, गंगा खड्का, रुवि सत्याल, शर्मिला विक, रीता वन्जारा, हिमा पौडेल, सपना महर्जन, पूजा तामाङ, ईश्वरी खत्री, रश्मिता खत्री, अनिता नेपाल, तिलश्मी भण्डारी, क्रान्ति शर्मा, यशोदा दाहाल र धन शोभा खड्का सहभागी रहनुभएको थियो ।
अन्य सहभागी अतिथिहरु समेत गरी १०९ जनाको उपस्थिति रहेको थियो । दुवै समूहको आज लेखिएको कथा परीक्षणार्थ निर्णायकहरुलाई आजै प्रदान गरिएको छ । विभिन्न चरणमा मूल्याङ्कन गरी प्राप्त नतिजा बमोजिम प्रथम, द्वितीय र तुतीय तथा सान्त्वना दुई गरी जम्म १० जना पुरस्कारको लागि छानिने छन् र उहाँहरुलाई अर्को कार्यक्रम पुरस्कार वितरण गरिने छ । विजयीहरुलाई नगद र प्रमाणपत्र प्रदान गरिनेछ ।
०००
घिमिरे वेदमणिको सौजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































