साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुम्ती कविगोष्ठीको १४७ औँ कार्यक्रम बोडेमा सम्पन्न

मातृभूभि पुस्तकालय बोडेका संस्थापक सञ्जीव था श्रेष्ठको सभापतित्व थियो भने प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी हुनुहुन्थ्यो ।

Nepal Telecom ad

काठमाडौँ, २०८१ फागुन १० । घुम्ती कविगोष्ठी नेपालको १४७ औँ कवि गोष्ठी सम्पन्न भएको छ ।

भक्तपुर, बोडेको स्वप्न संसार विद्यालयमा भएको यस कार्यक्रममा मातृभूभि पुस्तकालय बोडेका संस्थापक सञ्जीव था श्रेष्ठको सभापतित्व थियो भने प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी हुनुहुन्थ्यो । त्यसै गरी अतिथिहरूमा कार्यक्रम संयोजक शीतल गिरी, कृष्णहरि था श्रेष्ठ, प्रेम के निडर र डा. बालचन्द्र मिश्र हुनुहुन्थ्यो ।

कार्यक्रमका प्रमुख अतिथि डा. धनप्रसाद सुवेदीले मन्तव्यमा नेपाल प्रज्ञाप्रतिष्ठानले सार्वजनिक पुस्तकालयहरूलाई पुस्तक दिने अनि संस्कृति, भाषालगायतका विषयहरूमा अनुसन्धान गर्नेलाई अनुसन्धान खर्चसहित त्यस्ता पुस्तक पनि छाप्ने कुरा बताउनुभयो । साथै वहाँले घुम्ती कविगोष्ठी नेपालले काव्यगोष्ठीका क्षेत्रमा फड्को मारेको बताउनुभयो ।

यस कार्यक्रमलाई शीतल गिरीको जन्म महिना पारेर आयोजना गरिएको थियो । कार्यक्रममा संयोजक शीलत गिरीले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो ।

यस गोष्ठीमा स्वप्न संसारका विद्यार्थीहरू अधिरा आचार्य र वेदिका श्रेष्ठले बाल रचना वाचन गरेका थिए । त्यसपछि कविता वाचन गर्ने कविहरूमा सुशील आचार्य, परशुराम पराशर, रामकुमार पण्डित, वासुदेव पौड्याल, डा. बालचन्द्र मिश्र, ध्रुवराज थापा ‘पुरुष’, विमल अर्याल, राजेशमान केसी, कृष्णमोहन जोशी, सरिता लामा, गङ्गाप्रसाद भेतवाल, सूर्यमान श्रेष्ठले आआफ्ना रचना वाचन गर्नुभएको थियो ।

बिहान ८ बजे सुरु भएको यो कार्यक्रमको सुरुको सञ्चालन घुम्ती कविगोष्ठीका पूर्व अध्यक्ष रामकुमार पण्डितले गर्नुभएको थियो भने पछिल्लो सञ्चालक ध्रुवराज थापा पुरुष हुनुहुन्थ्यो । कार्यक्रमपछि सहभोजन गरिएको थियो ।

०००
परशुराम पराशरद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x