साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चन्द्रागिरि साहित्य सराेवरकाे ४० औँ सिर्जना वाचन कार्यक्रम

संयाेजक गाेपीचन्द्र कार्कीकाे अध्यक्षता र प्रा. अच्युत पराजुली प्रमुख अतिथि एवम् नरनाथ लुइँटेल विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्याे ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ फागुन १० । चन्द्रागिरि साहित्य सराेवरकाे ४० औँ कार्यक्रम भव्यताका साथसम्पन्न भयाे ।

हरेक महिना आयाेजना हुँदै आएकाे सिर्जना वाचन कार्यत्रक्रममा फागुन महिनाकाे यस शृङ्खलामा २१ जनाकाे उपस्थित रहेकाे थियाे ।

संयाेजक गाेपीचन्द्र कार्कीकाे अध्यक्षता र प्रा. अच्युत पराजुली प्रमुख अतिथि एवम् नरनाथ लुइँटेल विशिष्ट अतिथिका रूपमा हुनुहुन्थ्याे ।

कार्यक्रममा १३ स्रष्टाले आ-आफ्ना रचनाहरु कविता, हाइकु, गजल, मुक्तक, लघुकथा र साइनाे वाचन गर्नुभएकाे थियाे ।

रचना वाचन गर्ने स्रष्टाहरूमा सीताराम नेपालले लघुकथा ओइराे र हाइकु, श्रीकृष्ण भारती (दहचेाक) ले कविता र हाइकु, तुलसी भण्डारीले गजल, गजलकार सुदन लुइँटेल २ वटा गजल, हरिनारायण सुवेदीले गजल र छन्दमा कविता, जगन्नाथ तिमल्सिनाले छन्द कविता, प्रा. सरिता पराजुलीले आफ्नाे भरखरै प्रकाशित कविताञ्जलीबाट साइनेा, गेापीचन्द्रले कविता र हाइकु, गरिमा लुइँटेलले मिठास लयमा मिठाे छन्द कविता, नरनाथ लुइँटेलले छाेटाे मन्तव्य सहित व्यङ्ग्य कविता वाचन गर्नु भएकाे थियाे ।

आजकेा कार्यक्रमका प्रमुख अतिथि प्रा. अच्युत पराजुलीलेले वाचित रचनाकाे संक्षिप्त विवेचना गर्नु भएकाे थियाे ।

कार्यक्रम सञ्चालन साहित्काय सराेवरका सदस्य रामशरण थापाले गर्नु भएकाे थियाे ।

०००
-गाेपीचन्द्र कार्कीकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x