साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाईघाटमा ओशोको पुस्तक प्रदर्शनी

पुस्तक प्रदर्शनीमा ओशोका पुस्तक बाहेक अन्य स्थानीय लेखक पुण्य कार्की, माधव पोखरेल गोज्याङ्ग्रेद्धारा लेखिएका पुस्तकहरु पनि प्रदर्शनीमा राखिएको थियो ।

Nepal Telecom ad

उदयपुर, २०८१ फागुन २४ । उदयपुरको त्रियुगा नगरपालिका १० स्थित भगवती मन्दिर नजिक सेतो पुलमा ओशोका विविध प्रकारका पुस्तकहरुको दुई दिने प्रदर्शनी शनिबार समापन भएको छ ।

ओशो माधुर्य ध्यान केन्द्र लाहान र ओशो ध्यान केन्द्र जलजलेको आयोजनामा भएको दुई दिने पुस्तक प्रदर्शनीमा ओशोका पुस्तक बाहेक अन्य स्थानीय लेखक पुण्य कार्की, माधव पोखरेल गोज्याङ्ग्रेद्धारा लेखिएका पुस्तकहरु पनि प्रदर्शनीमा राखिएको थियो ।

ओशोका पुस्तकहरु मार्फत मानसिक शान्ति र आत्मबोध यात्राकालागि आफूलाई जान्न, बुझ्‌न तथा जीवनका बारेमा जानकारी पाउन आवश्यक ज्ञान वितरण गर्न प्रदर्शनीमा राखिएका पुस्तकहरुको अध्ययनबाट सहयोग पुग्ने आयोजक सदस्य तथा साहित्यकार पुण्य कार्कीले बताउनु भयो ।

आफ्‌नो जीवनलाई नयाँ दृष्टिकोणबाटहेर्न सिकाउने र ओशोको आध्यात्मिक शिक्षालाई बुझ्‌न र आफूलाई अझ राम्रोसँग जान्ने अवसर पाउन यो प्रदर्शनीमा राखिएका पुस्तकहरुको अध्ययनले मद्दत गर्ने साहित्यकार कार्कीको धारणा रहेकोछ ।

माया प्रेम स्नेह तथा सद्भाव कायम राख्न र आपसी हितका बारेमा ज्ञान प्राप्त होस साथै नयाँ पुस्तालाई समेत ज्ञान आर्जन हुने गरी समाजमा नयाँ सन्देश दिन पठन संस्कृतिको विकास गर्न र विद्यालयमा अध्ययन गर्ने छात्रछात्राहरुले पनि केही सिक्न सक्ने भएकोले विद्यार्थीहरुलाई पनि सहभागी गराएर कार्यक्रम गरिएको साहित्यकार कार्कीले बताउनु भयो ।

०००
माधव पोखरेलको सौजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x