साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उषा के. सी. को उपन्यास कृति “हिउँफूल” लोकार्पण

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा लोकार्पित कृतिका बारे वरिष्ठ समालोचक प्रमोद प्रधान र समालोचक गीता त्रिपाठीले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

Nepal Telecom ad

काठमाडौं, २०८१ फागुन २४ । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज उपन्यासकार उषा के. सी. को “हिउँफूल” उपन्यासको लोकार्पण गर्‍यो ।

सो लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. दयाराम श्रेष्ठ तथा मन्चासिन सबैले संयुक्त रुपमा गर्नु भयो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा लोकार्पित कृतिका बारे वरिष्ठ समालोचक प्रमोद प्रधान र समालोचक गीता त्रिपाठीले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा लोकार्पित कृतिका सर्जक उषा के. सी. लाई संघले बधाईपत्र तथा मायाको चिनोसहित सम्मान गर्‍यो । यसैगरी सोही कार्यक्रममा साझा प्रकाशनका नवनिर्वाचित अध्यक्ष वरिष्ठ कवि शेखर गिरीलाई पनि मायाको चिनोसहित बधाई ज्ञापन गरिएको थियो ।

प्रमुख अतिथि प्रा. डा. दयाराम श्रेष्ठले दीप प्रज्वलन गरेर उद्घाटन गर्नु भएको सो कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, अध्यक्ष लेकाली, कृति प्रकाशन संस्था भुँडीपुराणका केशव पराजुली, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, सर्जक जितेन्द्र रसिक र कृतिकार उषा के. सी. ले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा वरिष्ठ आख्यानकार हिरण्यकुमारी पाठक, किशोर पहाडी, वरिष्ठ समालोचक प्रा. डा. गोविन्दमान सिंह कार्की लगायत साहित्यकारहरु डा. कृष्णप्रसाद दाहाल, वियोगी बुढाथोकी, पवन आलोक, विमल भौकाजी, सन्तोष श्रेष्ठ, जयदेव भट्टराई, दिव्य गिरी, मुरारी सिग्देल, गंगा कर्माचार्य पौडेल, तेजप्रकाश श्रेष्ठ, तुलसीहरि कोइराला, राजेश खनाल, कृष्ण प्रसाईं, सुमन बैरागी, चेतनाथ कँडेल, बिक्रमभक्त जोशी, रुद्र अधिकारी, मन्जुश्री प्रधान, डा. शान्तिमाया गिरी, मधु पाठक, कमला रिसाल, डा. बुनु दाहाल, प्रकाश घायल, दिलीप श्रेष्ठ, मदनप्रसाद नेपाल, प्रद्युम्न जोशी, यादव भट्टराई, हरिश कल्पित, बुद्दिमान महर्जन, उपमा आचार्य, सुशीला पौडेल, राजबाबु श्रेष्ठ सागर, नीशा के. सी., भानुप्रकाश जोशी, दी. आर. राई, द्वारिका ढुंगाना, पवनकुमार बुढाथोकी, चन्द्रा न्यौपाने, राधिका गुरागाईं, राधा दुलाल कार्की, सुष्मा अंशु, भगवती रोका, राधा भण्डारी, लव खड्का, नम्रता उप्रेती, प्रा. कपिल अज्ञात, राज रजक, लुमन्ती चित्रकार, रुपा पौडेल लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम संचालनको संचालन कवि भैरवी भूगोलले गर्नु भएको थियो ।

आज लोकार्पित “हिउँफूल” उपन्यासका सर्जक उषा के.सी. को यसअगि उषाको प्रहर (मुक्तक संग्रह -२०७७) र माकुरी (मुक्तक संग्रह २०७९) प्रकाशित रहेका छन् ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x