साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ जना स्रष्टालाई सम्मान गर्दै अन्तर्राष्ट्रिय कविता दिवस मनाइयाे

कार्यक्रम प्रमुख अतिथि खनाल र विशिष्ट अतिथि शिक्षा समन्वय एकाईका प्रमुख भवानी प्रसाद कट्टेलले सम्मानित स्रष्टाहरु हास्य टेलिश्रृङ्खलाका कलाकार स्यालबुढा उर्फ धर्मराज भट्टराई,उदयपुरका पहिलाे कथाकार शारदाप्रसाद भट्टराईलगायत हुुहुन्थ्याे ।

Nepal Telecom ad

उदयपुर, २०८१ चैत ८ । उदयपुरकाे गाईघाटमा शुक्रबार अन्तर्राष्ट्रिय कविता दिवसका दिन उदयपुर साहित्य कला प्रतिष्ठानले दाेस्राे वार्षिकाेत्सवकाे अवसर पारेर छ जना स्रष्टालाई सम्मान गरेकाे छ ।

नेपाली भाषा साहित्य कला गीत सङ्गीत तथा अभिनयका क्षेत्रमा लामाे समयदेखि लागि रहनु भएका छ जना स्रष्टाहरुलाई खादा र सम्मानपत्र सहित सम्मान गरिएकाे छ ।

उदयपुर साहित्य कला प्रतिष्ठानकाे आयाेजनामा भएकाे साे कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य प्राध्यापक डाक्टर खेमराज खनालले साहित्य समाजकाे ऐना मात्र नभएर पथ प्रदर्शक पनि भएकाेले समाजलाई समुन्नत बनाउन साहित्यकारकाे भूमिका महत्वपूर्ण हुने बताउनु भयाे ।

प्रमुख अतिथि खनालले स्रष्टाले इमान्दारिताकाे, अनुशासनकाे र समाजलाई अग्रगामी बाटाेमा लैजाने झाेला बाेकेर हिड्नु आजकाे आवश्यकता रहेकाे बताउनु भयाे ।

साे कार्यक्रम प्रमुख अतिथि खनाल र विशिष्ट अतिथि शिक्षा समन्वय एकाईका प्रमुख भवानी प्रसाद कट्टेलले सम्मानित स्रष्टाहरु हास्य टेलिश्रृङ्खलाका कलाकार स्यालबुढा उर्फ धर्मराज भट्टराई,उदयपुरका पहिलाे कथाकार शारदाप्रसाद भट्टराई, उदयपुरकै पहिलाे महाकाव्यकार उध्दव घिमिरे, उदयपुरकी नारी हस्ताक्षर सम्झना असफल, उदयपुरका पुराना कवि २०२३ सालमा कविता प्रकाशन गर्ने गाेवर्धन तामाङ र मरणाेपरान्त पुराना साहित्यकार हामी सबैका प्रेरणाका श्राेतका रुपमा रहनु भएका शताब्दी पुरुष एवम् उदयपुर र खाेटाङका इतिहास पुरुष तुलसीप्रसाद रेग्मीलाई खादा लगाएर सम्मानपत्र सहित सम्मान गरिएकाे छ ।

उक्त कार्यक्रममा भवानी कट्टेल, उध्दव घिमिरे, वृष बहादुर तामाङ, शारदाप्रसाद भट्टराई, धर्मराज भट्टराई, राममणि पाेखरेल, माधव पाेखरेल गाेज्याङ्ग्रे, ज्वाला भट्टराई, सम्झना असफल, विष्णु बहादुर खड्का, कीर्ति बहादुर खड्का, शैलेन्द्र खतिवडा, कुमार काेइराला, खिलानाथ घिमिरे, सिमा मास्के, सुधा भट्टराई, सामना भट्टराई, गाेपाल कीर्ति, गाेठकृष्ण ठकुरी, रमेशचन्द्र ढुङ्गाना लगायतकाले शुभकामना मन्तव्य सहित रचना वाचन गरेका थिए ।

उदयपुर साहित्य कला प्रतिष्ठानका अध्यक्ष डा कैलाशकुमार राईकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रममा त्रियुगा सङ्गीत विद्यालयका निर्देशक शैलेन्द्र खतिवडा, अध्यक्ष रमेशचन्द्र ढुङ्गाना र त्रियुगा सङ्गीत विद्यालयका प्रशिक्षार्थी भाइ बहिनीहरुले साङ्गीतिक प्रस्तुति दिएका थिए ।

सचिव सरिता पाैडेल गुरागाईकाे संचालनमा संचालनमा भएकाे उक्त कार्यक्रममा त्रियुुगा सङ्गीत विद्यालयका निर्देशक शैलेन्द्र खतिवडा, अध्यक्ष रमेशचन्द्र ढुङ्गाना र त्रियुगा सङ्गीत विद्यालयका प्रशिक्षार्थी भाइ बहिनीहरुले साङ्गीतिक प्रस्तुति दिएका थिए ।

०००
– माधव पाेखरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x