साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुनकोसी वाङ्मय प्रतिष्ठानकाे कविता वाचन कार्यक्रम

कविता वाचन कार्यक्रममा कवि विमल भौकाजी, छविरमण सिलवाल, प्रदीप सापकोटा, हरिष कल्पित, सुमन सौरभ, तारा के.सी., प्रेम थापा, गंगा खतिवडा, शशीश्री आचार्य लगायतले आआफ्ना रचनाहरु सुनाए ।

Nepal Telecom ad

काठमाडौं, २०८१ चैत ८ । सुनकोसी वाङ्मय प्रतिष्ठानले कविता बाचन कार्यक्रम गरेर विश्व कविता दिवस मनायो ।

कवि विमल भौकाजीको प्रमुख आतिथ्यतामा शुक्रबार राजधानीमा कविता वाचन गरेर विश्व कविता दिवस मनाएकाे हाे ।

उक्त कविता वाचन कार्यक्रममा कवि विमल भौकाजी, छविरमण सिलवाल, प्रदीप सापकोटा, हरिष कल्पित, सुमन सौरभ, तारा के.सी., प्रेम थापा, गंगा खतिवडा, शशीश्री आचार्य लगायतले आआफ्ना रचनाहरु सुनाए ।

वाचित रचनाहरु समसामयिक विकृति र विसंगति विरुद्ध व्यङ्ग्य चेत सहित प्रेम, सदभाव, भावनात्मक विषयहरुप्रति लक्षित थिए ।

कार्यक्रमका प्रमुख अतिथि कवि विमल भौकाजीले लेखेर लेखिने चीज सबै कविता नभएको भन्दै मनका कुरा प्रष्फुटन गर्ने उपयुक्त माध्यम कविता भएको बताए ।

प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले कार्यक्रमको अध्यक्षता गर्दैप्रतिष्ठान र यसका गतिविधिहरु बारे जानकारी दिंदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे ।

महासचिव प्रदीप सापकोटाले सञ्चालन गरेको उक्त कविता वाचन कार्यक्रममा इखवर नेटका प्रबन्ध निर्देशक बसन्तराज नकर्मीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रमको मिडिया सहयोगी इखवर नेट रहेको थियो ।

०००
– प्रदीप सापकाेटाकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x