साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जनमतको ४१औँ वार्षिकोत्सवमा २० जना सर्जक सम्मानित

पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि संस्कृतिशिरोमणि हरिराम जोशीले गर्नुभएको थियो। प्रगतिवादी समालोचक हृदयचन्द्र सिंह प्रधानको तस्बिरमा माल्यार्पण गरेपछि कार्यक्रम सुरु भएको थियो ।

Nepal Telecom ad

वनेपा, २०८१ चैत २४ । वरिष्ठ साहित्यकार, जनमत साहित्यिक मासिकका प्रधान सम्पादक तथा जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको अध्यक्षतामा जनमत साहित्यिक मासिकको ४१औँ वार्षिकोत्सव अरनिको पार्टी प्यालेस, बनेपामा सम्पन्न भएको थियो।पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि संस्कृतिशिरोमणि हरिराम जोशीले गर्नुभएको थियो। प्रगतिवादी समालोचक हृदयचन्द्र सिंह प्रधानको तस्बिरमा माल्यार्पण गरेपछि कार्यक्रम सुरु भएको थियो ।

कार्यक्रममा हृदयचन्द्र-वरिष्ठ जनमत साधक सम्मान प्रा.डा. वासुदेव त्रिपाठी (तनहुँ), गणेश/खिलकुमारी दुवाल-जनमत सम्मान किशोर पहाडी (काठमाडौँ), जनमत-केदार/सुदर्शना बालसाहित्य सम्मान प्रा. डा.ध्रुव घिमिरे (नुवाकोट), जनमत-सिचि धर्म/संस्कृति सम्मान ब्रह्मकुमारी लक्ष्मी दिदी (बनेपा), जनमत-मित्र अनुवाद राष्ट्रिय सम्मान मधुसूदन पाण्डेय (दाङ), जनमत-दीपक वैद्य स्वास्थ्य सम्मान डा. प्रकाशराज रेग्मी (पाल्पा), भारती-जनमत साहित्यिक पत्रकारिता सम्मान चेतनाथ धमला (ओखलढुङ्गा), दीपा जनमत सम्मानआकाश अधिकारी (तनहुँ), जनमत-जनक प्रधान सेवा सम्मान विनोदराज शर्मा (भक्तपुर), केवलपुरे-जनमत सम्मान मोमिला जोशी (धनकुटा), कमला सैँजू-जनमत सम्मान इल्या भट्टराई (काठमाडौँ), जनमत-महेन्द्रलाल कलाकार सम्मान कालु कुमाले (ललितपुर), जनमत-राजभाइ सहयात्री सम्मान देवीचरण भण्डारी (झापा), जनमत-ज्ञानरत्न/ मङ्गलतारा राष्ट्रिय सम्मान फूलमान वल (काभ्रे), जनमत-पूर्णमाया लुचि समाजसेवा सम्मान र पूर्णबहादुर गुरुङ (सुनसरी)लाई प्रमुख अतिथि जोशीले २०८० सालको सम्मानद्वारा सम्मानित गर्नुभएको थियो।

यसैगरी २०७९ सालको भारती जनमत साहित्यिक पत्रकारिता पुरस्कार काठमाडौँका मेरिना स्मृति र जनमत-ज्ञानरत्न/ मङ्गलतारा राष्ट्रिय सम्मान२०७९ वीरगञ्जका दिनेश गुप्तालाई प्रदान गरिएको थियो।

कार्यक्रममा शिक्षातर्फ गोविन्दमान प्रधानाङ्ग, पत्रकारितातर्फ प्रल्हाद शर्मा हुमागाई, समाजसेवातर्फ त्रिरत्न रञ्जितकारलाई कदरपत्र प्रदान गरिएको थियो। यी तीनवटा कदरपत्र प्रत्येक वर्ष शिक्षा, पत्रकारिता र समाजसेवामा विशेष योगदान पुर्याउने व्यक्तिलाई जनमतले प्रदान गर्दै आएको छ ।

कार्यक्रममा अध्यक्ष दुवालका शब्द बिम्बमा पौरखीहरू भाग -१ र २, सम्झनामा सम्झनाहरू -१, जनमत जानकारी :मोहन दुवाल र जनमत: सङ्क्षेपमा जस्ता कृतिको लोकार्पण गरिएको थियो।

कार्यक्रममा सम्मानित व्यक्तित्वहरूलाई प्रमुख अतिथि जोशीबाट सम्मानपत्र, विशिष्ट अतिथि प्रा. डा. रामप्रसाद ज्ञवालीबाट दोसल्ला र जनमतका मानार्थ संरक्षक राजभाइ प्रधानबाट नगद प्रदान गरिएको थियो। प्रमुख अतिथि जोशीले जनमतले भाषा,साहित्य, संस्कृति र साहित्यिक पत्रकारिताका क्षेत्रमा पुर्याएको योगदान ऐतिहासिक रहेको चर्चा गर्दै मोहन दुवालको त्याग र समर्पण सबैका लागि मान्य रहेको बताउँदै संस्कृतिको महत्त्वका बारेमा विशेष चर्चा गर्नुभएको थियो । विशिष्ट अतिथि प्रा डा रामप्रसाद ज्ञवालीले मोहन दुवाल विचारको सौन्दर्यमा अडिग रहेर भाषा, साहित्य, पत्रकारिता र शिक्षा क्षेत्रमा बहुआयामिक योगदान दिने व्यक्तित्व रहेको चर्चा गर्दै
जनमत र मोहन दुवाल नेपाली साहित्यमा अकाट्य रूपमा रहेको बताउनु भएको थियो।

विशिष्ट अतिथि प्रा डा सुष्मा आचार्यले जनमतको माध्यमद्वारा मोहन दुवालले स्रष्टाहरूका कृति प्रकाशन, सम्मान, पुरस्कार दिँदै हौसला प्रदान गर्ने एक प्रेरक व्यक्तित्व रहेको आफ्नो मनतव्यमा बताउनु भएको थियो ।

विशिष्ट अतिथि डा. दामोदर पुडासैनी ‘किशोर’ले बनेपाबाट प्रकाशित जनमत साहित्यिक पत्रिका कोशेढुङ्गा भएको बताउँद‌ै एक उत्कृष्ट साहित्यिक पत्रिका भएको चर्चा गर्नु भएको थियो । बहुआयामिक र निर्भिक व्यक्तित्व मोहन दुवालका साहित्यिक सिर्जना र प्रखर समालोचनाका पक्षमा समेत पुडासैनीले चर्चा गर्नुभएको थियो ।

पाल्पाबाट कार्यक्रममा पाल्नुभएका विशिष्ट अतिथि, सर्जक तथा अभियन्ता पुष्कर अथक रेग्मीले जनमत र मोहन दुवाल प्राय भएको बताउँदै जनमतको माध्यमबाट देशका कुनाकन्दरामा समेत नेपाली साहित्यलाई पुर्याउन सफल रहेको बताउनु भएको थियो ।

सम्मानित व्यक्तित्वका तर्फबाट मुटु रोग विज्ञ डा. प्रकाशराज रेग्मीले मोहन दुवाल र जनमतसँग आफ्ना पिता लेखक तथा राजनीतिज्ञ कमलराज रेग्मीसँग आवतजावत हुँदाका संस्मरण सुनाउनु भएको थियो। रेग्मीले मोहन दुवाल एक अथक साधक भएको बताउँदै आफ्ना पिताको नाममा जनमतबाट पुरस्कार स्थापना गराउन चाहेको बताउनुभएको थियो। सम्मानितका तर्फबाट आकाश अधिकारी र देवीचरण भण्डारीले कविता वाचन गर्नुभएको थियो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष मोहन दुवालले सम्मानित स्रष्टाबारे चर्चा गर्दै संस्थालाई विचार बनाउँछौँ । साहित्यलाई परिवर्तनको माध्यम बनाउँछौँ भन्नु भएको थियोे। उहाँले जनमत वाङ्मय प्रतिष्ठानका परिषद् र सभा सदस्यको नामावली घोषणा गर्दै जनमत देशभित्र मात्रै होइन ,देशबाहिर पनि पुगेको बताउँदै सबैलाई समानजनक ढङ्गबाट व्यवहार गर्दै आएको बताउनुभएको थियो। कार्यक्रममा स्वागत मतव्य तथा धन्यवाद ज्ञापन समेत अध्यक्ष दुवालकै रहेको थियो । कार्यक्रमको उद्घोषण जनमत वाङमय परिषद्का सदस्य रामसुन्दर देउजाले गर्नुभएको थियो ।

उक्त भव्य र सभ्य रूपमा सम्पन्न भएको कार्यक्रममा देशका विभिन्न जिल्लाबाट अतिथि र सहभागीहरू आउनुभएको थियोे । फलामे चिउरा सरी चपाएरै भए पनि जनमतका प्रधान सम्पादक तथा शिखर साहित्यिक पत्रकार मोहन दुवालले ३३० ओैँ अङ्क प्रकाशित गरिसक्नु भएको छ। यसका सम्पादकद्वय भारती श्रेष्ठ र सिर्जना दुवाल श्रेष्ठ तथा सहसम्पादकद्वय रामसुन्दर देउजा र श्रीकृष्ण वादे रहनु भएको छ। दुवाल नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ।जनमत साहित्यिक पत्रकारिताको मूलमर्मअनुसार प्रकाशित हुँदै आएको छ।यसले कैयौंँ स्रष्टा उत्पादन गरिसकेको छ। जनमत नीजि क्षेत्रको आफैँमा एक प्राज्ञिक संस्था हो।

०००
प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x