साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काशीनाथ ‘मिश्रित’ का एकैपटक दुई कविता कृति लोकार्पित

भुँडीपुराण प्रकाशनका निर्देशक केशव पराजुलीको अध्यक्षता र कृटनीतिक व्यक्तित्व पूर्वमन्त्री तथा राजदूत निलाम्बर आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा ती कृति लोकार्पण गरिएको हो ।

Nepal Telecom ad

काठमाडौं, २०८१ चैत २८ । कवि तथा हास्यव्यङ्ग्यकार काशीनाथ ‘मिश्रित’ का एकैपटक दुई कविता कृति लोकार्पित भएका छन् ।

भुँडीपुराण प्रकाशनका निर्देशक केशव पराजुलीको अध्यक्षता र कृटनीतिक व्यक्तित्व पूर्वमन्त्री तथा राजदूत निलाम्बर आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा ती कृति लोकार्पण गरिएको हो ।

नेपाल माउन्टेन एकेडेमी थापागाउँको सभाहलमा आयोजित समारोहमा प्रमुखअतिथि आचार्य, मिश्रितकी आमा हिमकुमारी ज्ञवाली, क्याम्पस निर्देशक अनिल किराँती, डा. रमेश शुभेच्छु, क्याम्पस प्रमुख शिवप्रसाद जैशी, नेपाल सरकारकी उपसचिव निरा अधिकारी, डा. लक्ष्मण ज्ञवाली लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमको सहजीकरण गर्दै नरनाथ लुइँटेलले काशीनाथ मिश्रितको परिचयात्मक प्रस्तुति दिएपछि दुवै कृति ‘मिश्रित तरङ्ग’ र ‘स्वर्णिम सपना’ लोकार्पण गरिएको थियो ।

आरम्भमा क्याम्पस प्रमुख शिवप्रसाद जैशीले क्याम्पस परिसरमा विशिष्ट महानुभावहरुलाई स्वागत गर्न पाउँदा आफूलाई गौरव लागेको बताउनु हुँदै स्वागत मन्तव्य दिनु भएको थियो ।

कृति लोकार्पणको लगत्तै डा. रमेश शुभेच्छुले दुवै कृतिको समीक्षात्मक टिप्पणी गर्नु भयो । उहाँले मिश्रित प्रज्ञाचक्षु भएर पनि छन्द संरचनाका कवितामा सिपालु देखिनु भएको, समाज सचेत स्रष्टाका रुपमा सफल रहनु भएको बताउनु भयो ।

भुँडी पुराण प्रकाशन द्वारा प्रकाशित दुवै कृतिमा छन्दसंरचनामा रचित समसामयिक ७० वटा कविताहरु सङ्कलित छन् भने डा. देवी नेपालद्वारा विवेचनात्मक भूमिका समावेश छ ।

प्रमुख अतिथि निलाम्बर आचार्यले फरक क्षमता भएका मिश्रितका कृतिहरुको लोकार्पण गर्ने अवसर पाएकामा आफूलाई खुसी लागेको बताउनु हुँदै दूरवर्ती गाउँमा रहेर पनि प्रतिभा र पौरख पोख्ने स्रष्टालाई हामी सबैले नमन गर्नु पर्दछ भन्नु भयो ।

कार्यक्रममा डम्बर रसिक भारती, पुष्पराज कुँवर, राजेन्द्र पौडेल र नुरापति पन्त लगायतले मिश्रितप्रति बधाई एवम् शुभकामना व्यक्त गर्दै लोकार्पित कृतिबाट कवितांश वाचन गर्नु भएको थियो

कृतिका स्रष्टा काशीनाथ मिश्रितले साहित्यिक यात्रामा आफूलाई अभिप्रेरित गर्ने विद्यालय शिक्षक, साथीसँगी, साहित्यिक मित्रहरुको स्मरण गर्दै सबैपति कृतज्ञ र आभारी रहेको बताउनु भयो ।

डा. लक्षमण ज्ञवालीले समारोहमा समुपस्थित भएर मिश्रितलाई हौसला एवम्र प्रेरणा थपिदिने अतिथि आगन्तुक एवम् सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएपछि सभाध्यक्ष केशव पराजुलीले मन्तव्य सहित समारोह समापन गर्नु भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x