साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिरामी छिन् आमा

छिटै फेरौँ अर्को बहुत गुनिलो वैद्य भन्दैछ कोही छिटै देख्ने भेट्ने अनुपम बुटी मार्ग खन्दैछ कोही म मात्रै दोधारे मन बिच परेँ बस्नु खै के गरेर? बिरामी छिन् आमा जलन थपियो वैद्य कच्चा परेर॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

गयो जेथा ज्यादा हर किसिमका ओखती गर्न जाँदा
बनेका छन् धेरै अनुज अहिले दामको निम्ति बाँधा
गए आशा इच्छा जति पनि महान् फूलजस्तै झरेर
बिरामी छिन् आमा जलन थपियो वैद्य कच्चा परेर॥१

जँचाएको भन्दै हरपल लिने शुल्क चर्को छ उस्को
खरानी नै भन्ने अनुपम बुटी चाल अर्को छ उस्को
नजानेको भन्दा पनि गुरु म नै भन्छ बर्दी धरेर
बिरामी छिन् आमा जलन थपियो वैद्य कच्चा परेर॥२

रुँदै भन्छिन् आमा प्रतिदिन गर्‍यो वैद्यले घाउ थप्ने
भयौ छोरा कस्ता असफल लुते वैद्यको नाम जप्ने ?
भनूँ के पो मैले? हृदय भर झन् दर्द ज्यादा भरेर
बिरामी छिन् आमा जलन थपियो वैद्य कच्चा परेर॥३

सबैका आमा छन् बहुत सुखमा पुत्रको स्नेह पाई
हिँडेका छन् रोजै प्रगतिपथमा शान्तिको गीत गाई
भयो बाँच्नै गार्‍यो यस अवनिमा पुत्र आफू दरेर
बिरामी छिन् आमा जलन थपियो वैद्य कच्चा परेर॥४

किरा नै भन्कायो अहह गहिरो घाउ कस्तो बनायो ?
सबै जोरीपारी पर पर भए ठ्वास्स साह्रै गनायो
म बाँचेको के भो? यस अवनिमा अर्थ आधा मरेर
बिरामी छिन् आमा जलन थपियो वैद्य कच्चा परेर॥५

छिटै फेरौँ अर्को बहुत गुनिलो वैद्य भन्दैछ कोही
छिटै देख्ने भेट्ने अनुपम बुटी मार्ग खन्दैछ कोही
म मात्रै दोधारे मन बिच परेँ बस्नु खै के गरेर ?
बिरामी छिन् आमा जलन थपियो वैद्य कच्चा परेर॥६

०००
भक्तपुर

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
0
Would love your thoughts, please comment.x
()
x