साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आगो

मिडियाहरूले बाहीर प्रतिपक्षहरू रोएको सुन्छन्। त्यो सडकमा पुत्ताएको भित्र देखिँदैन। भित्र देख्नका लागि त भित्रबाट ज्वाला दन्केको हुनुपर्छ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“सधैँभरी आगो लाग्यो ! आगो लाग्यो भन्दै रोइरहेका हुन्छन्। लाज हराएका ।”- कुमार आफ्नाबाटै फतफतायो।

“के भयो नेताजी किन आफ्नाबाटै कराइरहनु भएको छ ? “-छविलालले कुमार फतफताएको सुनेर सोध्यो ।
“खै अखबारहरूमा पनि त्यस्तै लेखेका हुन्छन् दिनानुदिन राजधानीमा आगो लाग्यो। नेपालमै आगो लाग्यो अरे, न कतै धुवाँ देखिन्छ न कतै आगोले पोलेको देखिन्छ। मिडियाहरू भन्छन् आगो लाग्यो।”- कुमारले ब्याङ्यात्मक शैलीमा भन्यो।

“खै सर मिडियाहरूले पनि त आफ्नो जिम्मेवारी पुरागर्नु पर्यो। होइन र नेताजी ?”-छविलाल मुस्कुराउँदै भन्यो।
“होइन सही कुरा लेख्दा पनि त हुनेथियो नि होइन र ?”- कुमारले प्रतिप्रश्न गर्यो।

“नेताजी सबैका आ आफ्नै दृष्टिकोण हुन्छन्। सत्ता पक्षले आगो लागेको देख्दैन किनकी ऊ एसीको चिसोमा बसेको हुन्छ। विपक्षलाई पोलिरहेको हुन्छ।

तर मिडियाहरूले बाहीर प्रतिपक्षहरू रोएको सुन्छन्। त्यो सडकमा पुत्ताएको भित्र देखिँदैन। भित्र देख्नका लागि त भित्रबाट ज्वाला दन्केको हुनुपर्छ। होइन सर ?”- छविलालले निशाना लगायो।
“कुमार बोल्न सकेन, उसको बोलती बन्द भयो।

०००
घोराही- १८, दाङ
२८-१२-२०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
पैसा पोसाउने पेसा !

पैसा पोसाउने पेसा !

ठाकुरप्रसाद अधिकारी
फोकटलालको ज्ञानोपदेश

फोकटलालको ज्ञानोपदेश

दामाेदर न्याैपाने
दुईतिहाइको ठेडी

दुईतिहाइको ठेडी

फित्काैली डटकम
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x