फित्काैली डटकमसाहित्यकार उषा शेरचनको ‘बेग्लै म’ माथि परिचर्चा
साहित्य संगम नुवाकोटको आयोजनामा, बिदुर नुवाकोटमा सम्पन्न एक कार्यक्रममा वरिष्ठ गीतकार तथा साहित्यकार उषा शेरचनको कथासंग्रह 'बेग्लै म' माथि परिचर्चा सम्पन्न गरिएको हाे ।

नुवाकोट, २०८२ वैशाख । साहित्य संगम नुवाकोटको आयोजनामा, बिदुर नुवाकोटमा सम्पन्न एक कार्यक्रममा वरिष्ठ गीतकार तथा साहित्यकार उषा शेरचनको कथासंग्रह ‘बेग्लै म’ माथि परिचर्चा सम्पन्न गरिएको छ।
बिदुर-४ बिदुर नुवाकोट स्थित संगम पुस्तकालयमा साहित्य संगम नुवाकोट र महिला साहित्यकारहरूको समूह काठमाडौंको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा ‘बेग्लै म’ कथासंग्रहको परिचर्चालगायत कविता वाचन पनि गरिएको थियो।
साहित्यकार तथा समीक्षक रन्जना निरौलाले कथाकार शेरचनको कथाकरिता तथा व्यक्तित्व माथि प्रकाश पार्दै ‘नारी संवेदनाको उच्छवास कथाहरुमा – बेग्लै म कथासंग्रह’ शीर्षकमा समीक्षा गरेकी थिइन् । निरौलाले बेग्लै म कथासंग्रह सतप्रतिशत नेपाली महिलाका पीडा, कथा व्यथा, नेपाली समाजको कालो सत्य, विभेद र विसंगतिको ऐना रहेको अझ भन्दा नारी संवेदनाको प्रतिनिधि कथासंग्रह रहेको कुरा व्यक्त गरिन्।
शेरचनले इमान्दारपूर्वक आफू वरपरका सामाजिक परिवेशीय कृत्यहरूको पर्दाफास गरेको र नारीमाथि हुने शोषण, विभेद, वाध्यता विवशतालगायतका संवेदशील विषयलाई कथाहरूका माध्यमद्वारा उजागर गरेको कुरा चर्चा गरेकी थिइन्।
साहित्यकार एवम् साहित्यिक अभियन्ता सुमित्रा सुमी, रुपा थापा र रिता खत्रीले कार्यक्रमलाई निरन्तरता दिएका थिए ।
उषा शेरचनको कथाकरितामाथि साहित्यकार कुमारी लामाले पनि प्रकाश परेकी थिइन्।
कार्यक्रममा काठमाडौँबाट गएका साहित्यकार तथा स्थानीय कविहरूले कवितावचन गरि कर्यक्रमलाई कवितामय बनाएका थिए।
सहित्यसंगम नुवाकोटले साहित्यकार उषा शेरचनलाई सम्मान गरेको थियो।
०००
– रञ्जना निरौलाकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































