साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठाकुर बेलवासेको कविता कृति ‘चोटहरुको उत्सव’ लोकार्पित

राजधानीमा शुक्रबार आयोजित एक समारोह बिच उक्त कृतिको वरिष्ठ कवि तुलसी दिवस, साहित्यकार एवं राजनीतिज्ञ शान्ता मानवी,गा यिका आनी छोइङ डोल्मा लगायतले लोकार्पण गरे ।

Nepal Telecom ad

काठमाडौं, २०८२ वैशाख १९ । कवि तथा सञ्चारकर्मी ठाकुर बेलवासेको कविता कृति “चोटहरुको उत्सव” लोकार्पित भएको छ ।

राजधानीमा शुक्रबार आयोजित एक समारोह बिच उक्त कृतिको वरिष्ठ कवि तुलसी दिवस, साहित्यकार एवं राजनीतिज्ञ शान्ता मानवी,गा यिका आनी छोइङ डोल्मा लगायतले लोकार्पण गरे ।

सुनकोसी वाङ्मय प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा आफ्नो विचार राख्दै कवि दिवसले भने- “चोटहरुले नै मान्छेलाई साँचो अर्थमा मान्छे बनाउँछ । चोट पाएपछि मान्छे मान्छे भएको इतिहास छ । आँसु चुहुन पनि हाँसो भन्दा महत्वपूर्ण हुन्छ भन्ने मलाई लाग्छ । दुनियाँमा कवि लेखकहरुले चोट पाएर नै सृजना गरेका हुन् । कवि बेलवासेका कविता त्यस्तै छन् ।”

चर्चित गायिका आनीले महको स्वाद चाखेको तर महको वयान गर्न नजानेको जस्तो लाग्छ । बेलवासेले देखेका, भोगेका अनुभवहरु संगालेर सुन्दर कविता कोर्न सफल भएका छन् । कविता सुन्दा आनन्द आउँछ । उनले कृतिको लागि बेलवासेलाई बधाई दिइन् ।

कृतिमाथि टिप्पणी गर्दै राजनीतिक विश्लेषक शंकर तिवारीले प्रेममाथिको मेडियसन मात्र नभएर मेडिटेसन पनि हो भन्दै उनले अगाडि भने -“अझै बेलवासेका कविता इन्टरभेसन पनि हो । कविता बौद्धिकताले भरिएका छन् । प्रेम दर्शन र भोगाइहरु कवितामा बलशाली बनेर आएका छन् ।”

स्रष्टा बेलवासेले आफ्ना अनुभूति राख्दै भने- “पैसा कमाउन नसके पनि साथी र आफन्त कमाएको छु । बाँच्नका लागि चाहिने सम्बन्ध बनाएको छु । उनले अगाडि भने आफ्नो चोट र पीडा मात्र नभएर मानवका चोट र पीडाहरुको रुपलाई कविताको रुप दिने प्रयास मात्र गरेको हुँ ।”

यस अघि सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले कवि बेलवासेलाई सम्मान पत्र सहित सम्मान गरेका थिए । कार्यक्रमका सभाध्यक्ष समेत रहेका सिलवालले प्रतिष्ठानको बारेमा संक्षेपमा प्रकाश पारेका थिए ।

कार्यक्रममा लोकार्पित कृतिका कविताहरु कवि विश्व सिग्देल, मणि लोहनी, सोझो गाउँले, हेम प्रभास, शोभा अधिकारीले वाचन गरे ।

प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य पूर्णबहादुर श्रेष्ठ हृदयङ्कृतले गरेका थिए ।

०००
– प्रदीप सापकोटाकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x