साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शैली साहित्य समाजद्वारा शैली साहित्य सम्मान एवं कविगोष्ठी

शैली साहित्य समाजकी अध्यक्ष मञ्जुश्री प्रधान के.सी. “रानू”को सभाध्यक्षता र प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्यसचिव प्रा. जगत् प्रसाद उपाध्याय “प्रेक्षित”को प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

Nepal Telecom ad

काठमाडाैं, २०८२ वैशाख २१ । नव वर्ष २०८२ र २५८७ औँ बुद्ध जयन्तीको अवसरमा शैली साहित्य समाजले अर्न्तराष्ट्रिय साहित्य सम्मान एवं कविगोष्ठी सम्पन्न गर्‍यो ।

नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्यसचिव प्रा. जगत् प्रसाद उपाध्याय “प्रेक्षित”को प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो । शैली साहित्य समाजकी अध्यक्ष मञ्जुश्री प्रधान के.सी. “रानू”को सभाध्यक्षतामा भएको सो कार्यक्रममा विशिष्ठ अतिथिको भूमिकामा डा. बमबहादुर थापा जिताली, वेदमणि घिमिरे, कलानीधि दाहाल, विजयध्वज थापा, कृष्ण बाउसे, हरिभक्त सिग्देल लगायतका साहित्यकारहरू हुनुहुन्थ्यो ।

कार्यक्रममा नेपालबाट वरिष्ठ साहित्यकारद्वय भागीरथी श्रेष्ठ, शङ्कर भारती एवं भारतको दार्जिलिङबाट डा. कमला तामाङ, इस्लामपुरबाट सुशान्त नन्दी र सिक्किमबाट सहयात्री प्रीतमलाई शैली साहित्य सम्मानबाट सम्मानित गरिएको थियो ।

समारोहमा उपस्थितहरू मध्येबाट अधिकांशले बुद्ध र नव वर्षलाई आधार मानी सिर्जना गरिएका कविता सुनाएका थिए । कविता वाचन गर्नेहरूमा विजयध्वज थापा, हरिभक्त सिग्देल, परशुराम पराशर, सुचिता काफ्‌ले, राजबाबु श्रेष्ठ सागर, कात्यायन, दीपक लोहनी, पवन बूढाथोकी, टेकबहादुर लोडारी, प्रेम राई परीक्षित, शारदा पराजुली, ढुण्डिराज पोखरेल, सानुराजा अञ्जान, कृष्ण बाउसे, मुकुन्द पौडेल, रामशरण न्यौपाने, बिन्दु अधिकारी ढकाल, ममता मृदुल, राजनप्रसाद न्यौपाने, लीलाराज दाहाल, रुद्र अधिकारी, राममणि ढुङ्गेल, गोविन्दप्रसाद घिमिरे वेदमणि, कलानीधि दाहाल, निर्मलरमण पराजुली, जगत् उपाध्याय प्रेक्षित, डा. बमबहादुर जिताली, रामकुमार पण्डित, लब खड्का, डिल्लीप्रसाद मूलतिहून, मञ्जुश्री प्रधान के.सी., लुमन्ती चित्रकार, उषा के.सी., रश्मी रिमाल लगायतका थिए ।

कार्यक्रममा प्रदीप महर्जनले राष्ट्रगान जहाँ छन् बुद्धका आँखा गाएका थिए भने डा. कमला तामाङ, प्रीतम सहयात्री, सुशान्त नन्दीले कविता वाचन सहित मन्तव्य व्यक्त गरेका थिए भने शङ्कर भारती र भागीरथी श्रेष्ठले समसामयिक विषयलाई जोड्दै मन्तव्य दिएका थिए ।

डा. कमला तामाङले मन्तव्यमा आफूले पहिलो पटक नेपालबाट सम्मानित हुन पाउँदा अत्यन्तै गौरवान्ति हुनुको साथै नेपाली भाषा र साहित्यप्रति थप जिम्मेवारी बोध भएको भनाइ व्यक्त गर्नुभयो ।

सम्मानित स्रष्टाहरूको विषयमा शैली साहित्य समाजका व्यवस्थापक रामकुमार पण्डितले परिचय सहित उनीहरूको लेखनप्रवृत्तिको विषयमा प्रकाश पारेका थिए । मन्तव्यको क्रममा वेदमणि घिमिरेले साहित्य र सामाजिक रूपमा आफू भारत वा नेपाल जहाँ भए पनि आफू दुवैको प्रतिनिधि भएकोजस्तो लाग्ने भनाई व्यक्त गरे ।

त्यस्तैगरी प्रमुख अतिथि प्रा. जगत् प्र उपाध्याय प्रेक्षितले सारगर्वित मन्तव्य दिँदै बुद्ध पश्चिमेलीले भनेकोजस्तो एशियाको मात्र तारा नभई उनी विश्वकै तारा भएको गहन भनाइ व्यक्त गरे । यस कुरालाई जोडडार रूपमा उठाएर सबैले विश्वकै ताराको रूपमा स्थापित गर्नुपर्ने भनाइ व्यक्त गर्नुभयो ।

युवा कवि रामकुमार पण्डितजस्ता साहित्यकारहरूले बुद्धकाे यस प्रकारको विषयलाई कवितामा उठान गरी पाठकमाझ ल्याउनुभएकोमा प्रशंसा गर्नुभयो ।

अन्त्यमा सभाध्यक्ष मञ्जुश्री प्रधान के.सी.ले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै नव वर्ष र बुद्ध जयन्तीको सबैलाई शुभकामना दिई कार्यक्रम समापनको गर्नुभयो । कार्यक्रम सञ्चालन लुमन्ती चित्रकारले गरेकी थिइन्।

०००
-रामकुमार पंडितकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x