फित्काैली डटकमराधादेवी राजवंशीका दुई कृतिमाथि परिचर्चा
प्रा.डा.शैलेन्दु प्रकाश नेपालले राजवंशीको कविताकृतिमाथि टिप्पणी गर्दै कृतिमा तीन प्रकारका कविताहरु आफूले पाएको बताए । कार्यक्रममा प्रा.डा.गार्गी शर्मा, श्रीओम श्रेष्ठ रोदन, राधेश्याम लेकाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

काठमाडौं, २०८२ असार २। साहित्यकार राधादेवी राजवंशीका दुई कृतिमाथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा राजधानीमा आयोजित एक कार्यक्रममा राजवंशीको छोरीको साहास कथासङ्ग्रह तथा अनुभूतिका लहरहरु कविता सङ्ग्रहमाथि परिचर्चा सम्पन्न भएको हो ।
कथाकृतिमाथि दिपक लोहनीले परिचर्चा गर्दै २२ वटा विभिन्न शीर्षकका कथाहरु समेटिएका छोटा कथाहरु रहेको कृतिले मान्छेभित्रका मानसिकताहरु उजागर गरेको बताए । उनले कथामा शैक्षिक, सामाजिक, साँस्कृतिक विविधतालाई आधार मानेर लेखिएका विषयवस्तु भएको बताए । उनले भने प्रायःकथाहरु सामाजिक यथार्थवादी धार समाएर लेखिएका छन् । उनले कथाकारले अझै बढी मिहेनत गर्नुपर्नेमा जोड दिए ।
अर्का चर्चाकार ध्रुर्वराज थापाले भने राजवंशीका कथाहरुले समाजका विसङ्गतिहरु बोध गर्ने कथाहरु रहेका छन् । भोगाइलाई कथाको रुप दिएजस्तो लाग्छ । कथाहरु पाठकका आफ्नै विषयजस्तो भान पर्छ ।
यसैगरी प्रा.डा.शैलेन्दु प्रकाश नेपालले राजवंशीको कविताकृतिमाथि टिप्पणी गर्दै कृतिमा तीन प्रकारका कविताहरु आफूले पाएको बताए । कविता, बालकविता र भजनहरु गरी जम्मा ५० थान कविताहरु समावेश कृतिमा प्रायः अनुभूतिप्रधान कविताहरु रहेको बताए ।
सर्जक राधादेवी राजवंशीले आफ्नो लेखन गर्भको बारेमा बताउँदै चार दशकको शिक्षण पेशाबाट निवृत्त भएपछि लेख्ने हुटहुटी जागेको जानकारी दिइन् ।
कार्यक्रममा प्रा.डा.गार्गी शर्मा, श्रीओम श्रेष्ठ रोदन, राधेश्याम लेकाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षता तथा कोषाध्यक्ष तारा केसीको सञ्चालनमा उक्त परिचर्चा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको मिडिया पार्टनर इखबर नेट रहेको थियाे ।
०००
प्रदीप सापकाेटाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































