साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कार्टुन कलाकार राजेश मानन्धर ‘कला क्रान्ति वर्ष कार्टुनिष्ट २०८१’ घोषित

कार्टुनिस्ट राजेश मानन्धरकाे यो लोकप्रियता र सफलतामा फित्कौली आफै सम्मानित भएको महशुस गरिरहेको छ र उनलाई हार्दिक बधाई एवम् थप अग्रगतिका लागि शुभकामना व्यक्त गर्दछ ।

Nepal Telecom ad

काठमाडौं, २०८२ असार ३ । फित्कौली डटकमका नियमित कार्टुनिस्ट राजेश मानन्धर (राजमान) कला क्रान्ति वर्ष कार्टुनिष्ट २०८१ घोषित भएका छन् ।

वि.सं २०६५ सालमा अहिलेको युग ललितकला डायमण्ड युग बनाउने उद्देश्यका साथ २०८१ सालको कला क्रान्ति वर्ष ब्यक्ति, कला क्रान्ति वर्ष पुरुष, कला क्रान्ति वर्ष नारी, कला क्रान्ति वर्ष मूर्तिकार, कला क्रान्ति वर्ष कार्टुनिष्ट र समीक्षक घोषणा गरिँदै आएको छ ।

नेपाल र नेपालीको गौरव र श्रीवृद्धिमा २०८१ सालमा ललितकला क्षेत्रको माध्यमबाट योगदान दिने हजारौँ ललितकलाकर्मीहरुबाट पाठक, पत्रकार र प्राज्ञिक व्यक्तित्वहरुबाट सुझाव, सल्लाह र सिफारीसमा ८४ व्यक्तित्वहरू मनोनयनमा परेको सूचीबाट उत्कृष्ट ३ कला क्रान्ति बर्ष ब्यक्ति, पुरुष, नारी, मूर्तिकार, कार्टुनिष्ट, पत्रकार, लेखक, समीक्षक र विद्यार्थीलाई पनि थप गरेर उत्कृष्ट तीन पाठकले छानेका हुन् ।

यस छनोटको अन्तिम नतिजा ‘गुगल फारम’ मा आएको मत विश्लेषणका आधारमा प्रकाशित गरिएको हो । आमपाठकलाई जेठ १५ गतेसम्म मत दिने समय प्रदान गरिएको थियो रहेको थियो ।

नेपाल र नेपालीको गौरव र श्रीवृद्धिको लागि २०८१ सालमा कार्टुन क्षेत्रमा सकरात्मक आशा जगाउने, रचनात्मक कार्यक्रम मार्फत आफ्नो सक्रिय भूमिका स्थापित गरेका ९ पात्रहरू बाट ‘गुगल फारम’ मा आएको मत विश्लेषणका आधारमा उत्कृष्ट ३ जनालाई कला क्रान्ति वर्ष कार्टुनिष्टहरू बाशु क्षितिज, राजेश मानन्धर र अनुप गुरुङ छनोटमा परेका हुन् ।

मनोनयनमा भएका ९ कलाकारमा अनुप गुरुङ, बासु क्षितिज, रविन सायमी, रवि मिश्र, राजेश मानन्धर, योगेश खपाङ्गी, महेश बस्ताकोटी, रवीन्द्र मानन्धर र नविन नल्वो रहेका थिए ।

फित्कौली मासिकको प्रकाशन आरम्भ २०६२ भदौदेखि नै राजेश मानन्धर फित्कौलीसँग आवद्ध छन् । २०७१ देखि फित्कौली वेभसाइटमा प्रवेश गर्‍यो । यो फरक प्रविधिलाई आत्मसात् गर्दै राजेशको कार्टुन कला खारिँदै गएको हो । विगत चार वर्षदेखि फित्कौली नेपाली हास्यव्यङ्ग्यको अनलाइन पत्रिकामा रुपान्तरित भयो र अनलाइनको पनि शुरुवाती चरणदेखि अहिलेसम्म राजेश फित्कौलीमा कार्टुन बनाइरहेका छन् ।

समसामयिक राजनीतिक, सामाजिक, शिक्षा, स्वास्थ्य लगायतका विकृतिजन्य विषयमाथि तीक्ष्ण प्रहार गर्दै राजेशले सयौँ कार्टुन बनाइसकेका छन् । यताका केही वर्षदेखि उनका कार्टुनहरू अत्यन्त लोकप्रिय भएको पाइन्छ । कला क्रान्ति वर्ष कार्टुनिष्ट २०८१ घोषित हुनु पनि यही लोकप्रियताको महत्वपूर्ण कडी हो ।

वि.सं. २०२३ साल फागुन २ गते पशुपति, देवपतन– ८, काठमाडौँमा जन्मिएका राजेशले संस्कृति, इतिहास र पुरातत्त्व विषय एवम् चित्रकलामा स्नातकोत्तर गरेका छन् । हाल बूढानीलकण्ठ स्कुल, नारायणस्थानमा कला शिक्षणमा सक्रिय राजेशका ३ वटा कार्टुन सङ्ग्रह प्रकाशित भएका छन् भने हरेक वर्ष उनका लोकप्रिय कार्टुनहरूको एकल र सामूहिक कार्टुन प्रदर्शन हुँर्दै आएका छन् ।

यता आएर फित्कौली डट कममा दैनिक कार्टुन बनाउँदा बनाउँदै पनि अन्य साप्ताहिक, दैनिक पत्रिका र अनलाइनहरूमा उनका कार्टुन प्रकाशित भइरहेका छन् ।

भाँडभैलो, जनमञ्च, कान्तिपुर साप्ताहिक, लोकपत्र, हिमालय टाइम्स, नयाँ सडक, अन्नपूर्ण पोष्ट, कामना, रकेट, छलफल, तरुण, झ्याइँकुटी, आदिका साथै दर्जनौं पुस्तक तथा पत्रिकाहरूमा उनका कार्टुनहरू बाक्लै भेटिन्छन् ।

Training for Animation Film Making done in Ram Mohan Studio in India Art Researcher Sumukhwa Education System, the National Museum of Contemporary Art Korea, कार्टून, चित्रकारिता, पत्रकारिता आदि क्षेत्रमा अनुभव प्राप्त प्राप्त गरेका राजेशले नेपालमा नाफा आर्ट ग्यालरीलगायत विभिन्न स्थानमा तथा भारत, इन्डोनेशिया, कोरिया, प्राग रिपब्लिका, वङ्गलादेशको ढाका आदि स्थानमा शन् १९८८ देखि २०२० सम्म कलाप्रदर्शनी गरिसकेका छन् ।

पशुपति विकास कोष, पोस्टर प्रतियोगितामा प्रथम पुरस्कार तथा राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कार एवम् विभिन्न सङ्घ संस्थाबाट पुरस्कार, सम्मान तथा सिविन, सेफ मदरहुड, युथ फेडरेसन फर वर्ल्ड पिस आदिबाट सम्मानित तथा प्रशंसापत्र प्राप्त गरेका राजेश कला क्रान्ति वर्ष कार्टुनिष्ट २०८१ मा छनोट हुन पुगेका छन् । उनको यो लोकप्रियता र सफलतामा फित्कौली आफै सम्मानित भएको महशुस गरिरहेको छ र हार्दिक बधाई एवम् थप अग्रगतिका लागि शुभकामना व्यक्त गर्दछ ।

०००
फित्कौली डेस्क

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x