साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धावस्था

कालो काल हराउँदै छ जगमा छोरा बुहारी कता आफ्‌नो जीवन काल कष्टकर भो मस्ती छ फेरी उता बोलौ के अब यो समाज बिचमा सुन्दैन कोही पनि वृद्धाआश्रम नै छ स्वर्ग सरिझैं बस्छौं रमाई अनि ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

देखेको सपना हुँदैन कहिले सम्पूर्णता जीवन
रोगी देह लिएर जीवनभरी बाच्नूँ छ यो जीवन
वृद्धावृद्ध भएर आँगन अहो टाढा भएको कति
लौरो छैन भने भरे वरिपरी घुम्नै नसक्ने कति ।

आफ्‌नै आँगनमा लडेर विचरा रोगी भएका कति
कालो रातसरी छ जीवन यता पीडा र सास्ती अति
छोरा नाति भएर कष्ट सहदै सारा उमेरै गयो
छोरीका घरमा गएर कतिले चोला उतारे भयो ।

गोडा हात र पाखुरा चलिरहे हुन्थे म व्यस्तै कति
हेप्ने काम हुँदैछ वृद्ध वयमा दुःखी छ आत्मा अति
हाम्रो शासन छैन आज घरमा एक्लो भएका जति
साँझा स्वार्थ लिएर बात नहुने बिग्रेछ सारा मती ।

राखेका कतिले पिता परपरै आमा उतै बासँग
बोली छैन मिठास सज्जन भनौँ बाबा र आमासँग
शिक्षा दिन्छन बुद्धिहीन मनको गाली छ बोली भरी
माया प्रेम दिएर राख्न नसकी फाल्दैछ विष्टा सरी ।

लाग्यो भोक र प्यास छैन घरमा खानेकुरा रातमा
माग्दा खान नपाइने मनभरी बात् लाउँछन् भोकमा
छोराको भरमा परेर अहिले यो ज्यान जाने भयो
अर्काको भरमा छ पेट जहिले आफ्‌नो जमाना गयो ।

कालो काल हराउँदै छ जगमा छोरा बुहारी कता
आफ्‌नो जीवन काल कष्टकर भो मस्ती छ फेरी उता
बोलौ के अब यो समाज बिचमा सुन्दैन कोही पनि
वृद्धाआश्रम नै छ स्वर्ग सरिझैं बस्छौं रमाई अनि ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
0
Would love your thoughts, please comment.x
()
x