साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेकान

नपत्याए हजुरले पनि प्रयोग गरेर हेर्नुस् एकपटक विज्ञापनको दुनियाँमा मुस्कान बिक्छ फोटो बिक्छ ।

Nepal Telecom ad

रूद्र ज्ञवाली :

१.
कसैलाई जोख्न अथवा तौलिन जानेको भए
शिकारीको भाग बिलोझैं बाँडिन जानेको भए
तिम्रोभन्दा माथि नै हुन्थ्यो पक्कै मेरो हैसियत
वस्तु सरह लिलाम हुन या बेचिन जानेको भए ।

२.
यस्तो बीभत्स कि युद्धले चपाएको शहर जस्तै
डढेलोले डढाएको सुख्खा पराल या खर जस्तै
अनिश्चित छ हाम्रो सम्बन्धको परिभाषा अचेल
अन्तरिक्षमा स्वरूप बदल्ने बादलको घर जस्तै ।

३.
सबै बिक्छ बजारमा कछ्छी बिक्छ भोटो बिक्छ
कमिसनको कमाल हेर्नुस् सद्देभन्दा खोटो बिक्छ
नपत्याए हजुरले पनि प्रयोग गरेर हेर्नुस् एकपटक
विज्ञापनको दुनियाँमा मुस्कान बिक्छ फोटो बिक्छ ।

४.
उस्तै रहन्छ धरातल माटो उठाए या पोखिए पनि
बदलिन्न आयाम सागरको खोला नदी थपिए पनि
मरिचझैँ पिरै पिरले चाउरिएर मात्रै बस्नुहुन्छ किन ?
हुने कुरा भएरै छोड्छ चिन्ता लिए पनि नलिए पनि ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x