साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झरी !!

अजीव यात्रा झरीको हेरौँ मानिस उही हो अध्यात्म यात्रा अचम्म चक्का घुमेको उही हो ! रौँचिरा दर्शन छिरेर हेरौँ ब्रह्माण्ड उही हो कल्पना घुमी कविता सिर्जूँ सिर्जना उही हो !!

Nepal Telecom ad

कलानिधि दाहाल :

खोलेर झ्याल बाहिर हेरें झम्झम झरी छन्
स्वर्गको माथि आकाशबाट ओर्लेका परी छन् !
जलका थोपा सुन्दरी स्युँधा वहेर झरेका
पातमा परी दुबोमा झरी टल्पल रहेका !!

सिञ्चेर धरा अपरम्परा गर्भिणी बनेर
हरिया पात पिपिरा हल्हल सन्तान चुनेर !
हलक्क हल्की ढलक्क ढल्की लच्केकी सुन्दरी
उर्वरा बन्दै उर्वरमाथि झप्केकी चाँचरी !!

बलेको आगो निभेको गर्मी कम्लाको आकाश
जलका मुनि जल नै जोती निस्केको प्रकाश !
प्रमोद मिठो उन्मत्त आफैँ उन्माद छरेर
सृष्टिका पत्र छोपेर खुल्दै रहस्य भरेर !!

गम्केको मन बसेको तन नाँचेको मयूर
डाँफेको फट्फट् मण्डूक कुवा कहाँ छ सुदूर !
सौन्दर्य भर्ने पहाड उता कम्मर लच्काई
इन्द्रेणी रङ पटुकी ढङ क्या मजा मच्काई !!

झरीलाई मात्र झरीको रूप नदेऊ मानिस
खण्डमा खण्ड अखण्ड छ यो भित्रको आशिष !
किरण वक्ष सागर बोकी कपर्छन् गरेर
अजीव शुध्दि करणबाट बादलु ओढेर !!

बादलु घुम्टो भित्रको जल जलझैँ झरेर
धराकी मल भराकै माथि सौन्दर्य छरेर !
वसुधा सारा हरियो पारी वसुधा छिरेर
सागर रित्ती सागरै भर्ने घुम्फिर गरेर !!

अजीव यात्रा झरीको हेरौँ मानिस उही हो
अध्यात्म यात्रा अचम्म चक्का घुमेको उही हो !
रौँचिरा दर्शन छिरेर हेरौँ ब्रह्माण्ड उही हो
कल्पना घुमी कविता सिर्जूँ सिर्जना उही हो !!

…..कम्लाको आकाश सिर्जना झरी समग्र यही हो !!!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x