साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनेसास नेपाल च्याप्टरकाे विशेष काव्यगोष्ठी

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार प्राडा रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता सम्पन्न गरिएको उक्त कार्यक्रममा अनेसास नेपाल च्याप्टरको अध्यक्ष राजेन्द्र के सीले सभापतित्व गर्नु भएको थियो।

Nepal Telecom ad

काठमाडौँ, अन्तराष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरले २१२ औ भानु जयन्ती भव्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार प्राडा रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता सम्पन्न गरिएको उक्त कार्यक्रममा अनेसास नेपाल च्याप्टरको अध्यक्ष राजेन्द्र के सीले सभापतित्व गर्नु भएको थियो।

विशेष काव्यगोष्ठीको उक्त अनुष्ठानलाई उपाध्यक्ष मन्जिला अनिलले स्वागत गर्नुभएको थियो भने धन्यवाद ज्ञापन उपाध्यक्ष निर्मल पराजुलीले गर्नुभएको थियो ।

कार्यक्रम संचालन महासचिव रन्जना निरौलाले गर्नुभएको उक्त कार्यक्रममा भानुको नेपाली भाषा साहित्यमा गरिएको योगदानको चर्चा, भानु सम्बन्धी कविता, भानुभक्तीय रामायणका श्लोकको वाचन गरिएको थियो।

कविहरु अनेसास केन्द्रिय सदस्य सुमन वर्षा, पूर्व केन्द्रिय उपाध्यक्ष डा रेणुका सोलु (शुभकामना) डा. शसी पण्डित ,भवानी खतिवडा, रुपा रिसाल, मन्जिला अनिल, कमला रिसाल, डिआर राई, शान्ति रिसाल, द्वारिका कुईकेल, शुसिला खड्का हसिना, ईन्दिरा ढकाल, डा शान्तिमाया गिरी, सुचिता काफ्‌लेलगायतले कविता वाचन गर्नुभएको थियो ।

प्रमुख अतिथि ज्ञवालीले कविताको समीक्षात्मक टिप्पणी गर्दै कस्तो कृति लेख्ने, भानुभक्तलाई कुनकुन कोणबाट समीक्षा गर्ने लेखकले कस्तो लेख्नुपर्छ भन्ने कुरा अभिव्यक्त गर्नु भएको थियो ।

०००
रन्जना निरौलाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x