साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दायित्वकाे आयाेजनामा समालोचना विधाका चारवटा कृति एकैसाथ लाेकार्पित

कार्यक्रममा ठाकुर शर्मा भण्डारीद्वारा लेखिएको ‘समदृष्टि’, युवराज मैनालीद्वारा रचित ‘केही प्रतिभा केही प्रवृत्ति’ (तेस्रो संस्करण), रामप्रसाद पन्तद्वारा सम्पादित ‘समालोचनामा ठाकुर शर्मा भण्डारी’ तथा ठाकुर शर्मा भण्डारीद्वारा सम्पादित ‘संवार्तामा रामप्रसाद पन्त’ सार्वजनिक गरिएकाे हाे ।

Nepal Telecom ad

काठमाडौं, २०८२ साउन ३ । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आयोजनामा एक समारोहबीच समालोचना विधामा आधारित चार कृतिको सामूहिक लोकार्पण सम्पन्न भएको छ।

प्रतिष्ठानको आफ्नै भवन, बुढानिलकण्ठ– ८ स्थित भङ्गालमा सम्पन्न कार्यक्रममा स्रष्टात्रय ठाकुर शर्मा भण्डारी, युवराज मैनाली तथा रामप्रसाद पन्तका विभिन्न कृतिहरू लोकार्पण गरिएकाे थियाे ।

कार्यक्रममा ठाकुर शर्मा भण्डारीद्वारा लेखिएको ‘समदृष्टि’, युवराज मैनालीद्वारा रचित ‘केही प्रतिभा केही प्रवृत्ति’ (तेस्रो संस्करण), रामप्रसाद पन्तद्वारा सम्पादित ‘समालोचनामा ठाकुर शर्मा भण्डारी’ तथा ठाकुर शर्मा भण्डारीद्वारा सम्पादित ‘संवार्तामा रामप्रसाद पन्त’ सार्वजनिक गरिएकाे हाे ।

कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व ९५ वर्षीय वयोवृद्ध साहित्यकार महेश्वर शर्मासहित मञ्चासीन अतिथिहरूको उपस्थितिमा सामूहिक रूपमा कृतिहरूको विमोचन गरिएको थियो। प्रमुख आमन्त्रित व्यक्तित्व महेश्वर शर्माले वैदिक परम्परामा आधारित सम्बोधन शैलीबाट समारोहलाई आरम्भ गर्दै आयोजकप्रति आभार प्रकट गर्नुभएकाे थियाे । उहाँले भन्नुभयाे, “पुस्तक लोकार्पणको अवसर प्रदान गरिनु मेरो जीवनकै सुखद अनुभूति हो।”

कार्यक्रममा चारै कृतिहरूमाथि समीक्षकहरूले टिप्पणी गर्नुभएकाे थियाे । डा. लेखप्रसाद निरौलाले युवराज मैनालीको ‘केही प्रतिभा केही प्रवृत्ति’ समालोचनामा २० वर्षकै उमेरमा कथा प्रकाशित गर्नुभएकाे मैनालीको विषयगत प्रखरतालाई उल्लेख गर्नुभयाे। प्रा. भागवत ढकालले ‘संवार्तामा रामप्रसाद पन्त’ कृतिलाई अत्यन्तै सटीक, आत्मीय र इमानदार जवाफसहितको दस्तावेज भएकाे बताउनुभयाे । कृष्ण प्रधानले ‘समालोचनामा ठाकुर शर्मा भण्डारी’ को समीक्षा गर्दै रामप्रसाद पन्तलाई “मोतीराम भट्ट”को उपमा दिनुभयाे । प्रमोद प्रधानले ‘समदृष्टि’ कृतिमाथि टिप्पणी गर्दै भण्डारीले आलोचना नगरी समालोचनामा समदृष्टि राख्ने शैली अपनाएको बताउनुभयाे ।

समीक्षकहरूपछि बोल्दै स्रष्टाहरूले आफ्ना कृतिका सन्दर्भमा दृष्टिकोण प्रस्तुत गर्नुभएकाे थियाे । युवराज मैनालीले कमलमणि दीक्षित र धीरेन्द्र मल्लको स्मरण गर्दै आफ्नै भाइ गोपी मैनालीमा निबन्धकारको सम्भावना देखेको बताउनुभयाे । ठाकुर शर्मा भण्डारीले रमेश विकल प्रतिष्ठानमार्फत प्रकाशित कृति ‘समदृष्टि’ को न्वारान दिवंगत विजय चालिसेले गर्नुभएकाे जानकारी दिनुभयाे । प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले स्वागत मन्तव्यमा संस्थाको उद्देश्य, गतिविधि र प्रकाशित कृतिहरूबारे जानकारी गराउनुभयाे ।

कार्यक्रममा नेपाल लेखक सङ्घका अध्यक्ष वियोगी बुढाथोकी, समालोचक गोपी मैनाली, कथाकार भागिरथी श्रेष्ठ, साहित्यकार गङ्गा सुवेदी लगायतका व्यक्तित्वहरू उपस्थित हुनुहुन्थ्याे । उहाँहरूले कृतिकारहरूलाई शुभकामना दिनुभएकाे थियाे ।

कार्यक्रमको अन्त्यतिर विभिन्न स्रष्टाहरूले दायित्व पुस्तकालयका लागि पुस्तकहरू उपहारस्वरूप प्रदान गर्नुभएकाे थियाे। कार्यक्रमको सञ्चालन यादव भट्टराईले गर्नुभएकाे थियाे भने कार्यक्रमको सभापतित्व प्रतिष्ठानका सल्लाहकार अर्जुन विरक्तिले गर्नुभएकाे थियाे ।

०००
तस्विर : आलाेक चालिसे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x