फित्काैली डटकमसोच
के गर्नु र ? अब त खेतिपाती गर्ने, बस्तु पाल्ने दूध बेच्ने जीवन गुजारा गर्ने त होला नि !, तिमीहरूले जस्तो बेलैमा जोगाउन जानिएन ।

शान्ता तिम्सिना :
“हैन ! के भयो भन्या ? एक्कासि फतफताउन थालिस् त ! “जीवनले श्रीमतीतिर हेर्दै भन्यो ।
“अब के हुन बाँकी छ र ? , ठूलो परिवार, घर धन्दा, मेलापात, बस्तुभाउ के चै गर्नु हँ , मैले ! यो घरमा आएर दु:ख गरेको पनि बीस बर्ष बितेछ ।”
“अहिले कमाएको जमाउन सक्यो भने पो पछि सुख हुन्छ त !, कमाएको सबै खर्च भयो भने पछि दु:ख हुन्छ नि ! कमाउनु मात्र ठूलो कुरा हैन , बुढी ! भवस्यको लागि जोगाउन जान्नु पर्छ ।
कमाउन नसकेपछि त्यति त भन्न पर्यो नि ! बहिनीले निजामती कर्मचारीसँग विवाह गरेर कति सुखले काठमाडौमा बसेकी छ । ज्वाइँको कमाई पनि टन्नै छ रे ! मलाई भने सधैको दु:ख !”
“थोरै कमाए पनि जागिरको पैसा , खसी बाख्रा, धान चामल, तरकारी साथै दूध बेचेको पैसाले काठमाडौमा किनेको घर तिम्रै नाममा छ त ! किन गनगन गर्नु पर्यो ?” उसले सम्झाउँदै भने ।
के गर्नु त काठमाडौको घरले, मलाई सुख छैन क्यारे । दु:ख गर्दा गर्दै जीवन बित्ने भयो।
चिन्ता नगर न ! अहिले उमेर छ, जति पनि दु:ख गर्न सकिन्छ । अहिले जोगाएको पनि हाम्रै बुढेसकालको लागि हो !, राम्रो व्यवस्था नगरी घर छाडेर जाँदा दु:ख पाइन्छ। अब जागिर पनि अवकास भैहाल्यो, काठमाडौतिरै गएर बसौँला नि ! उनले सम्झाइरहेका थिए ।
एक्कासी काठमाडौबाट बहिनी आइपुगी ।
धेरै पछिको भेटले उनीहरु खुसी भएका थिए ।
“अब कहिले फर्कन्छेस् त नानी !” उसले सोधेकी थिइ ।
“कहाँ फर्कनु र ! कमाएको सबै बसेर खाइहाल्यो अब त जागिर पनि सकियो अनि पैशा पनि ।”
“ओहो ! अब के गरेर बस्छेस् त ! ” उसले आश्चर्य मान्दै सोधी ।
“के गर्नु र ? अब त खेतिपाती गर्ने, बस्तु पाल्ने दूध बेच्ने जीवन गुजारा गर्ने त होला नि !, तिमीहरूले जस्तो बेलैमा जोगाउन जानिएन ।”
“देख्याै त ! थोरै कमाए पनि बेलैमा बुद्धि पुर्याएर हामीले ठिक गरेछौँ, बुढी !,
अब बुढेसकालमा केहिको तनाव भएन । बहिनीले बाँकी जीवन कसरी काट्ली ।
“बुझें बुढा, बुझेँ ! कमाउनु मात्र ठूलो कुरा होइन रहेछ, त्यसलाई जोगाउन सक्नु चै ठूलो रहेछ ।”
०००
भक्तपुर, सिर्जनानगर ।
Subscribe
Login
0 Comments
Oldest











































