फित्काैली डटकमतालतलैया पर्यटन र साहित्य प्रवर्द्धन विषयमा विमर्श कार्यक्रम
संविधानसभा सदस्य, पूर्व मन्त्री तथा लेखक कल्पना धमलाको प्रमुख आतिथ्यमा 'साहित्यिक, सांस्कृतिक तथा तालतलैयाको पर्यटन प्रवर्द्धन' विषयक परिचर्चा कार्यक्रमको आयोजना गरिएको थियो।
तरहरा, सुनसरी, सुनसरीको तरहरास्थित तालतलैया पूर्वको एक पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको छ। साहित्यिक र सांस्कृतिक रूपमा पर्यटन विकास गर्ने उद्देश्यले ‘तालतलैया कला, साहित्यिक तथा सांस्कृतिक समाज’ गठन भएयता त्यस्ता गतिविधिहरूअगाडि बढिरहेका छन्।
यसै अनुरूप संविधानसभा सदस्य, पूर्व मन्त्री तथा लेखक कल्पना धमलाको प्रमुख आतिथ्यमा ‘साहित्यिक, सांस्कृतिक तथा तालतलैयाको पर्यटन प्रवर्द्धन’ विषयक परिचर्चा कार्यक्रमको आयोजना गरिएको थियो।
प्रमुख अतिथि धमलाले जति साहित्य र संस्कृतिको विकास हुन्छ। त्यति नै मानव सभ्यता र ज्ञानको विकास हुने उल्लेख गर्दै तालतलैया जस्तो पर्यटकीय क्षेत्रको विकासमा जनसमुदायको भावनाअनुरूप सरकारले सक्दो सहयोग पुर्याएर यस क्षेत्रको विकासमा भूमिका निर्वाह धमलाले सरकारलाई आग्रह गर्नुभएको थियो। उहाँले विभिन्न कालखण्डका आन्दोलन, क्रान्तिसँगसँगै जनयुद्दका सहिदहरूका सालिकलाई पार्कमा राख्न सके अझै पर्यटनको विकासमा टेवा पुग्ने बताउनुभएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले अहिले नेपालमा समाजवादी कला र साहित्यका बारेमा बहस चलिरहेको छ। यसलाई आत्मसात् गर्दै सामाजिक समानताको खोजी र वर्ग विभेदको अन्त्यका लागि लेखक साहित्यकारले कलम चलाउनुपर्ने विषयमा जोड दिनुभएको थियो । त्यस्ता सिर्जनाहरू कला, विचार र सौन्दर्यले निर्दिष्ट हुँदै प्रविधि मैत्री हुनुपर्ने धारणा राख्दै तालतलैयाको पर्यटन प्रवर्द्धनमा प्रकृतिसँगै रैथाने, मौलिक र सांस्कृतिक विषयवस्तुलाई समेट्नु जरुरी रहेको बताउनुभएको थियो ।
कार्यक्रमका प्रमुख वक्ता तथा ‘जैविक दर्शन’ पुस्तकका लेखक मोहन तिमल्सिनाले विभिन्न जातजाति वा समुदायका संस्कृति, विभिन्न दैनिक जीवनका उपभोग्य चिजहरू, विभिन्न युद्ध र क्रान्तिका शहिद र योद्धाहरूलाई समेत समेटेर पार्क निर्माण गर्ने सकेमा झनै पर्यटनको आकर्षण बढ्ने उल्लेख गर्नुभएको थियो । भारतको आसामबाट आउनुभएका अतिथि कवि भीम धमलाले कविता वाचनसँगै साहित्यले सबैलाई जोड्ने बताउनुभएको थियो ।
असमबाट आएका पर्यावरणीय अभियन्ता अतिथि लीलानाथ गौतमले पर्यावरणको संरक्षण गर्न नसके मानवसभ्यता सङ्कट पर्ने उल्लेख गर्दै कार्यक्रममा बिरुवा समेत हस्तान्तरण गर्नुभएको थियोे। इटहरीको पारिजात आमा समूहले ‘आऊँ हाम्रो साथै`मा बोलको सङ्गिनी प्रस्तुत गरेको थियो ।
संस्थाका कोषाध्यक्ष गङ्गा दाहालले स्वागत मन्तव्यसँगै ‘इटहरीको सेरोफेरो’ शीर्षकको कवितावाचन गर्नुभएको थियो । राष्ट्रियगान सयौँ थुँगा… प्रस्तुत गर्दै १ मिनेट शहिदप्रति मौनधारण गरिएको थियो ।
कार्यक्रममा कविहरू एल.पी पराजुली,रोशन भुजेल,कृष्ण नेपाल, पुण्यप्रसाद चौलागाईं, कमला धमला, विमला पोख्रेल लगायतले कवितावाचन गर्नुभएको थियो ।
तालतलैया विकास तथा संरक्षण समितिका पूर्व अध्यक्ष तथा यस संस्थाका आजीवन सदस्य लक्ष्मीप्रसाद खनालले साहित्य ,कला र पर्यटनको अन्तरसम्बन्ध एवम् तालतलैया पर्यटकीय क्षेत्रको बारेमा मन्तव्य राख्नुभएको थियो।तालतलैया विकास तथा संरक्षण समितिका पूर्व अध्यक्ष तथा यस समाजका सदस्य तुलाराम दङ्गालले कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्नुभएको थियो ।
सभाध्यक्ष समाजका अध्यक्ष कवि राजेन्द्र खत्री ‘सुधीर केसी’ले साहित्यिक, सांस्कृतिक तथा तालतलैयाको पर्यटन प्रवर्द्धन’ विषयक कार्यक्रमको उपस्थितिले अरू कार्यक्रम गर्नका लागि थप प्रेरणा मिलेको चर्चा गर्दै पर्यटनसँगै साहित्य र संस्कृतिलाई जोडेर अघि बढ्ने प्रतिबद्धतासहित कवितावाचन गर्नुभएको थियोे
उद्घोषक समाजका उपाध्यक्ष कवि रमेशप्रसाद धमलाले ‘तालतलैया कला, साहित्यिक तथा सांस्कृतिक समाज’ उद्देश्यअनुरूप निरन्तर अघि बढ्न लागेको बताउँदै कवितावाचन गर्नुभएको थियो ।
०००
चेतनाथ धमलाकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































