साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुम्ती कविगोष्ठीको १५२ औँ शृङ्खला सम्पन्न

मुरारी भण्डारीको सभाध्यक्षतामा भएको यस कार्यक्रममा कथाकार तथा नियात्राकार महेन्द्र चालिसे प्रमुख अतिथि हुनुहुन्थ्यो भने अन्य अतिथिहरूमा नारी स्रष्टा समाज मोरङका अध्यक्ष ममता मृदुल, लगायत हुनुहुन्थ्याे ।

Nepal Telecom ad

काठमाडौँ, २०८२ साउन १० । बुढानीलकण्ठ १२, कपन, फैँकास्थित लिटिल मुन हाइस्कुलको आयोजनामा घुम्ती कविगोष्ठी नेपालको १५२ औँ शृङ्खला सम्पन्न भएको छ ।

लिटिल मुनकै प्रिन्सिपल मुरारी भण्डारीको सभाध्यक्षतामा भएको यस कार्यक्रममा कथाकार तथा नियात्राकार महेन्द्र चालिसे प्रमुख अतिथि हुनुहुन्थ्यो भने अन्य अतिथिहरूमा नारी स्रष्टा समाज मोरङका अध्यक्ष ममता मृदुल, राष्ट्रिय सुसेली मञ्चका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे, पत्रकार विनोद दाहाल वत्स, कवि विसुकुमार केसी, घुम्तीका उपाध्यक्ष त्रिलोचन आचार्य र राष्ट्रिय सुसेली मञ्चकी संरक्षक चन्द्रा न्यौपाने हुनुहुन्थ्यो ।

प्रमुख अतिथि महेन्द्र चालिसेले यो कार्यक्रमले धेरै कवि जन्माएको छ भन्नुहुँदै यसको आयोजना फरकफरक स्थानमा हुने हुनाले सबैतिर प्रचारप्रसार हुने कुरा बताउनुभयो । कार्यक्रममा आयोजक तथा लिटिल मुन हाइ स्कुलका प्रिन्सिपल मुरामी भण्डारीले यो घुम्ती कविगोष्ठी नेपाल स्थापना भएको १३ वर्ष भएको र अबिरल कार्यक्रम गरिरहेकोमा खुसी लागेको कुरा बताउँदै यस्तो महत्वपूर्ण कार्यक्रम हाम्रो स्कुललाई आयोजना गर्न दिनुभएकोमा आभार व्यक्त गर्दछु भन्नुभयो ।

कार्यक्रममा घुम्तीका उपाध्यक्ष त्रिलोचन आचार्यको स्वागत मन्तव्य र रचना वाचन गर्नुभएपछि चेवन बस्नेत ठुलाघरे, प्रमोद नेपाल, भानुभक्न न्यौपाने, ओमप्रसाद कोइराला, परशुराम पराशर, कविता दाहाल, सुशील आचार्य, वासुदेव पौडेल, तोयनाथ तिवारी, मिसन अधिकारी, प्रह्लाद लामीछाने, सपना अधिकारी र विसुकुमार केसीले कविता वाचन गर्नुभएको थियो ।

त्यसै गरी यस कार्यक्रममा विश्वनाथ तामाङ, महेश्वर खनाल, राजेशमान केसी, घनश्याम प्रसाईं, रमेशप्रसाद खनाल, विमल अर्याल, हरिप्रसाद पराजुली, पूजा केसी, विनोद दाहाल वत्स, दुर्गा अधिकारी भमरकोटे, अच्युत पौडेल चिन्तन, चन्द्रा न्यौपाने, रुपा रिसाल चालिसे, द्वारिका कुइँकेल, सविता पोखरेल, कुशल रेग्मी, नारायणी चालिसेलगायतले आफ्ना रचना वाचन गर्नुभएको थियो ।

बिहान ८ बजे सुरु भएको यो कार्यक्रमको सञ्चालन घुम्तीका सचिव रामकुमार पण्डित क्षेत्रीले गर्नुभएको थियो भने अन्त्यमा धन्यवाद मन्तव्य कोषाध्यक्ष रामचन्द्र दाहालले दिनुभएको थियो ।

०००
परशुराम पराशरद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x