साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्याफेमा कविता वाचन कार्यक्रम

प्रगतिशील लेखक सङ्घ कोशी प्रदेशका अध्यक्ष विन्दु दहाल मूकदर्शकको प्रमुख आतिथ्य एवम् नेपाल प्रज्ञा प्रतिष्ठान काव्यविभाग सदस्य रामप्रसाद खरेल , प्रलेस केन्द्रीय सदस्य तिला लेकालीलगायतकाे विशेषआतिथ्य रहेकाे थियाे ।

Nepal Telecom ad

सुनसरी, २०८२ श्रावण १० । प्रगतिशील लेखक सङ्घ सुनसरीले क्याफेमा कविता नौलो प्रस्तुतिको सफल प्रयोग गर्‍यो ।

प्रलेस सुनसरीकी अध्यक्ष विमला पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रगतिशील लेखक सङ्घ कोशी प्रदेशका अध्यक्ष विन्दु दहाल मूकदर्शकको प्रमुख आतिथ्य एवम् नेपाल प्रज्ञा प्रतिष्ठान काव्यविभाग सदस्य श्री रामप्रसाद खरेल , प्रलेस केन्द्रीय सदस्य तिला लेकाली, जनसाँस्कृतिक महासङ्घ केन्द्रीय सदस्य एवम् प्रलेस सुनसरीका पूर्व अध्यक्ष प्रह्लाद पहरेदार, प्रलेस केन्द्रीय सल्लाहकार डम्बरुबल्लव भण्डारी तथा प्रलेस कोसी प्रदेश उपाध्यक्ष दिनेश थापाको विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा हाइकुसङ्घ कोसी प्रदेशका अध्यक्ष हेमसागर पोख्रेल, प्रलेस केन्द्रीय पार्षद् विदुर सुवेदी ,प्रलेस मोरङ्गका अध्यक्ष यज्ञ सुवेदी, कोसी प्रदेश हाइकुसङ्घका सचिव सिजन श्रेष्ठ , प्रलेस सुनसरी सदस्य चन्द्र सुवेदी , झापा प्रलेस सचिव वीरेन्द्र खड्का, लेखक सङ्घ कोसीका सचिब सुधीर केसी, तेह्रथुम प्रलेस उपाध्यक्ष एवम् प्रलेस कोसीका सचिवालय सदस्य रोसन यात्री, पुण्यप्रसाद चम्लागाई ,गोबिन्द ढकाल, साहित्यकार लक्ष्मी पराजुली, हर्क दुलाल, गीता बस्नेत, प्रलेस सुनसरीका पूर्व अध्यक्ष टीका मिलन, कान्ता भट्टराई, निरज कोइराला माओवादी केन्द्रका केन्द्रीय सदस्य हेम कार्कीको गरिमामय उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित सबै स्रष्टाले आआफ्ना सिर्जना वाचन गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्रलेस सुनसरीकी सदस्य सुस्मिता नेपालले गर्नुभएको थियो । कार्यक्रममा प्रज्ञा विभाग सदस्य रामप्रसाद खरेल, दिनेश थापा, प्रह्लाद पहरेदार डम्बरुबल्लभ भण्डारीले सिर्जनाका अतिरिक्त छोटो मन्तव्य राख्नुभएको थियो ।

बिहान ८:४५ मा प्रारम्भ भएको कार्यक्रम १२ बजेसम्म सम्पन्न भएको थियो । कार्यक्रमको रोचक पक्ष भनेको सबै स्रष्टाहरू ध्यानमग्न भएर सुन्नु रहेको थियो । कार्यक्रम समापन नहुन्जेल एकजना स्रष्टा पनि बाहिरिनु भएन ।

कार्यक्रम निक्कै रोचक सभ्य र भव्य रूपमा सुसम्पन्न भएको थियो । यो किसिमको कार्यक्रमले साहित्यको समृद्धिमा नौलो आयाम थपिएको छ । कार्यक्रमको सन्चालन कृष्ण गौतमले गर्नुभएको थियो । उक्त कार्यक्रम माइतीघर क्याफे इटहरी मा भएको थियो ।

०००
बिन्दु दाहालकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x