फित्काैली डटकमबर्दिबास साहित्यको ७२ औँ नियमित साहित्य शृङ्खला सम्पन्न
बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठान बर्दिबास महोत्तरीको ७२औ नियमित साहित्य शृङ्खला यस प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भयो ।

महाेत्तरी, २०८२ साल साउन १० । बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठान बर्दिबास महोत्तरीको ७२औ नियमित साहित्य शृङ्खला यस प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भयो ।
प्रतिष्ठानका आजीवन सदस्य एवम् प्रलेस नगर समिति बर्दिबासका सहसचिव यादवराज वाग्लेले सञ्चालन गरेको उक्त कार्यक्रममा यस प्रतिष्ठानका कोषाध्यक्ष पवनकुमार वाग्लेले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा शुभकामना मनतव्यसहित रचना वाचन गर्ने अतिथि स्रष्टाहरूमा प्रगतिशील लेखक सङ्घ नेपाल मधेस प्रदेश अध्यक्ष नारायण घिमिरे, गौरीशंकर मिथिला वाङमय प्रतिष्ठानका उपाध्यक्ष डा.सुमन कर्मचार्य, ब.सा.सां.प्रतिष्ठानका सल्लाहकार मदन प्रभात,विश्व नेपाली साहित्य समाज महोत्तरी अध्यक्ष उद्धव अविचल, सिस्नुपानी महोत्तरी अध्यक्ष नारद प्र काफ्ले, गौशाला साहित्य समाज महोत्तरी अध्यक्ष मोहन महतो,प्रलेस नेपाल केन्द्रीय सदस्य विमला वि क, नाथुम कलेज बर्दिबासका प्रशिक्षक महेश पति मिश्र र अनेलसका केन्द्रीय सचिव जीवनस्पर्शी थिए ।
कार्यक्रममा विभिन्न लयका कविता, गजल र मुक्तक वाचन गरिएका थिए । रचना वाचन गर्नेहरूमा कविराज दहाल, मदन वराल, चरिता तामाङ,आदित्य बस्नेत, प्रिसा वाग्ले, प्रसंशा वाग्ले, सुमन वैद्य, सुदर्शन काफ्ले, पवन वाग्ले लगायतले वाचन गरेका थिए ।
कार्यक्रममा विचार राख्ने अतिथिहरूले यस प्रतिष्ठानले सञ्चालन गरेको नियमित साहित्य शृङ्खलाले नवसर्जकलाई प्लेटफर्म प्रदान गर्नुका साथै यस क्षेत्रमा साहित्यिक वातावरण सिर्जना गरेर साहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्माण गरेको बताएका थिए । भावि दिनमा पनि यसले निरन्तरता पाउने भन्ने कुरामा आफूहरू विश्वस्त रहेको बताएकाा थिए ।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष रामचन्द्र पौडेलले प्रतिष्ठानको ७२ औँ शृङ्खला सम्पन्न गर्न रामेछापदेखि आउनु भएका साहित्यका, डा.सुमन कर्मचार्य लगायत सम्पूर्णमा हार्दिक धन्यवाद ।आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा गर्दै कार्यक्रम समापन गरेका थिए ।
कार्यक्रम सञ्चालन गर्न ठाउँ उपलब्ध गराउनु हुने बर्दिबास चिया चौतारीका सञ्चालन सुदर्शन काफ्लेलाई धन्यवाद व्यक्त गरिएको थियोे ।
०००
नारद काफ्लेकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest







































