साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘विद्यालयमा कुलपति’ कार्यक्रमसँगै अन्तरक्रिया र कविगोष्ठी

आर्दश सौलः युवक माविमा "विद्यालयमा कुलपति’" कार्यक्रम नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा अन्तरक्रिया तथा कविगोष्ठीको आयोजना गरिएको थियो।

Nepal Telecom ad

ललितपुर । २०८२ भदौ १ । ललितपुरको बुङ्गमतीस्थित छयासीकोटमा रहेको आर्दश सौलः युवक माविमा “विद्यालयमा कुलपति’” कार्यक्रम नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा अन्तरक्रिया तथा कविगोष्ठीको आयोजना गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले साहित्य सिर्जनाको प्रारम्भिकविन्दु विद्यार्थीहरू भएको बताउनुभयाे ।

उहाँले कविता, कथा, निबन्ध,गीत, नाटक र उपन्यास जस्ता विधाको विद्यार्थीले अहिलेदेखि नै सिर्जना गरेमा भविष्यमा मुलुकको भाषा, साहित्य, संस्कृति आदिका क्षेत्रमा उनीहरूले उल्लेखनीय सिर्जना गर्न सक्ने बताउनुभएको थियो । उहाँले देशका विभिन्न विद्यालयका कार्यक्रममा सहभागी भएको अनुभव सुनाउँदै यति ठुलो सङ्ख्यामा शिक्षक, शिक्षिका, अभिभावक र विद्यार्थी आफूले विरलै देखेको बताउँदै तारिफ गर्नुभएको थियो । एउटा साधारण पाटीबाट पठनपाठन सुरु भएको यो विद्यालयले शैक्षिक गुणस्तरमा उल्लेखनीय योगदान गरेकाले नै आकर्षणको केन्द्र बनेको बताउनुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले “विद्यालयमा कुलपति” कार्यक्रमले शिक्षक,विद्यार्थी र अभिभावकमाझ प्रज्ञा-प्रतिष्ठान घुलमिल भएर रचनात्मक कार्य गर्न सक्ने बताउनुभएको थियो।

कार्यक्रमका अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले “विद्यालयमा कुलपति” कार्यक्रमले विद्यालय जस्तो शैक्षिक संस्थाले प्रज्ञा-प्रतिष्ठानका प्राज्ञिक कार्यबारे परिचित गराउँदै शिक्षक र विद्यार्थीहरूलाई साहित्य लेखनका क्षेत्रमा प्रेरित गर्ने बताउनुभएको थियो ।

कार्यक्रमका सभाध्यक्ष तथा आदर्श सौलःमाविका प्रधानअध्यापक ज्ञानभक्त महर्जनले प्रज्ञा-प्रतिष्ठानका पदाधिकारीहरूलाई आफ्नो विद्यालयमा पाएकामा आभार व्यक्त गर्दै “विद्यालयमा कुलपति” कार्यक्रमले विद्यार्थी, शिक्षक,शिक्षिका र अभिभावकबिच
भाषा, साहित्य, संस्कृति र कलाको महत्त्वलाई उजागर गर्दै यस क्षेत्रमा लाग्न थप प्रेरित गरेको बताउनुभएको थियो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य मिरा शाहले प्रज्ञा-प्रतिष्ठानसँग सहकार्य र समन्वयका बारे जिज्ञासा राख्नुभएको थियो । कार्यक्रममा बिहानी सत्रका सहायक प्रधानाध्यापक डिल्लीमान श्रेष्ठले प्रज्ञा-प्रतिष्ठानले भाषा,साहित्य र कलाको क्षेत्रमा काम गर्दै आएको आफूले थाहा पाए पनि यसको व्यापकता बारे आज मात्रै प्रष्ट भएको बताउनुभएको थियो।

कार्यक्रमको उद्घोषण गर्दै शिक्षक, मानविकी तथा शिक्षा सङ्काय एवम् शैक्षिक विभाग प्रमुख दिनेश खड्गाले धार्मिक विसङ्गतिबारे आफ्नो कवितावाचन गर्दै “विद्यालयमा कुलपति” कार्यक्रमले विद्यार्थीहरूलाई प्रज्ञा-प्रतिष्ठान बारे जानकारीका साथै साहित्य, संस्कृति तथा कला सिर्जनामा लाग्न अभिप्रेरित गरेको बताउनुभएको थियो।

कार्यक्रममा आदर्श सौल:अतिरिक्त विभागका प्रमुख शिक्षक निरोजकुमार श्रेष्ठले वाचित कविताको संयोजन गर्नुभएको थियोे ।यस विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी करिष्मा घर्ती मगर, हरिमाया पाण्डे, प्रतिभा न्यौपाने, रेखा पोखरेल, पुजन केसी, जीवन सुनुवार, आदित्य जैसीवाल, रञ्जना यादव, यशोदा थापा, सञ्जीव स्याङ्तान,आशिका लिम्बू र सीता बस्नेतले कवितावाचन गर्नुभएको थियो।

अभिभावकको रोजाइमा रहेको आदर्श सौल:मा दुई हजार बढी विद्यार्थी अध्ययनरत छन्।

०००
प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x