साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुन् वृद्ध ज्येष्ठ हाम्रा…

थाकेर थाक्नलाई मान्दैन स्वाभिमान दिन्छन् सदैव शिक्षा गर्छन् खुदै कमान सिद्धान्तकार विद्वान् कर्तव्य बोधकारी हुन् वृद्ध श्रेष्ठ हाम्रा आदर्शका छहारी ।।

Nepal Telecom ad

कविराज घिमिरे :

अन्याय अन्त्य गर्दै सत्कर्मनिम्ति लड्छन्
छन् जून घामजस्ता आलस्य त्याग भन्छन्
जित्ने कला छ काफी बाँचे सधैँ नहारी
हुन् वृद्ध श्रेष्ठ हाम्रा आदर्शका छहारी ।। १

यी ज्ञानका घडा हुन् नासेर नासिँदैनन्
जल्ले पिए सिनित्तै अज्ञान झाङ्गिँदैनन्
सद्भाव छर्नसक्ने उम्दा परोपकारी
हुन् वृद्ध श्रेष्ठ हाम्रा आदर्शका छहारी ।। २

इच्छा सदैव लिन्छन् सन्तान उच्च पार्न
कालो पखाल्न जुट्छन् बाधा स्वयम् निखार्न
ऊर्जा बनेर आफू भर्छन् सयौँ भकारी
हुन् वृद्ध श्रेष्ठ हाम्रा आदर्शका छहारी ।। ३

पूरै ढलेर थाम्छन् आवास हुन् निदाल
जस्तै परोस् बिचल्ली बन्छन् अझै निहाल
कोही बिगार्न आए भन्छन् बनौँ पुजारी
हुन् वृद्ध श्रेष्ठ हाम्रा आदर्शका छहारी ।। ४

थाकेर थाक्नलाई मान्दैन स्वाभिमान
दिन्छन् सदैव शिक्षा गर्छन् खुदै कमान
सिद्धान्तकार विद्वान् कर्तव्य बोधकारी
हुन् वृद्ध श्रेष्ठ हाम्रा आदर्शका छहारी ।। ५

०००
भक्तपुर बुढ्यौली साहित्य समाजकाे छन्द अभ्यास

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x