साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्यामकुमार बानियाँको ‘दोबाटोमा कुर्दाकुर्दै’ सार्वजनिक

सार्वजनीकीकरण समाराेहकाे कार्यक्रममा ४चार दशकदेखि साङ्गीतिक क्षेत्रमा लागिरहनु भएका सङ्गीतकार लाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

Nepal Telecom ad

मकवानपुर, २०८२ भदाै । साहित्यकार श्यामकुमार बानियाँको ‘दोबाटोमा कुर्दाकुर्दै आज पनि साँझ पर्‍यो’ गीत पत्रकार सम्मेलन गरी सार्वजनिक गरिको छ ।

कार्यक्रममा ४ दशकदेखि साङ्गीतिक क्षेत्रमा लागिरहनु भएका सङ्गीतकार लाल श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।

यसअघि आकाश खुल्यो सुस्तरी, माया भन्नु जिन्दगीमा, शून्य शून्य लाग्न थाल्यो, हिमालमा घाम झूल्क्यो, ए जिन्दगीलगायतका गीतहरू गीतहरू ल्याउनु भएको बानियाँद्वारा लिखित म्यासेजको घन्टी बज्दा गीतमा लाल श्रेष्ठले सङ्गीत भर्नु भएको छ भने विष्णु अधिकारीको स्वर रहेको छ ।

रचित यस गीत ओपल रेकर्डिङमा रेकर्ड भएको हो भने गीतमा विष्णु अधिकारीको सङ्गीत र आवाज रहेको छ । महेन्द्र ओझाद्वारा सम्पादित गीतको म्युजिक भिडियोको निर्देशन छेगुन लामाले गर्नु भएको हो भने अञ्जु मुक्तान, विजयकृष्ण श्रेष्ठ, युकेश तामाङ, एकबहादुर ओझा, प्रनु ओझा र अंशु कार्कीको अभिनय रहेको छ ।

प्रमुख अतिथि श्रेष्ठले आफूलाई विश्वास गरेर गाउँदै गर्न गीतकार बानियाँलाई सुझाव दिनुभयो । बानियाँको म्यासेजको घन्टी बज्यो गीतमा ‘भनिदेऊ न फूलमाया तिमीलाई कस्तो छ’ भन्ने गीतले आफूलाई १ हप्तासम्म दिमागमा तर्कना छुटिरहेको श्रेष्ठले बताउनुभयो । गीतलाई शब्दमार्फत् न्याय गर्ने, गायकीमा सुधार हुँदै गरेका र अत्यन्त रहर भएका कारण उहाँले आफ्ना गीत आफैँले गाउन सुझाव दिनु भएको बताउनु भयो ।

उहाँकै प्रेरणाले गीत लेखन मात्रै नभइ आफ्नै स्वरमा केही गीतहरू रेकर्ड समेत गरेको बताउँदै बानियाँले निरन्तर साथसहयोग गरिराख्ने गायक, सङ्गीतकार, नवसाहित्य परिवार, विभिन्न सञ्चार मिडियालगायत सबैलाई धन्यवाद ज्ञापन गर्दै आफ्ना सबै गीतहरू सर्वश्री मिडिया नामक युट्युबमार्फत् हेर्न सुन्न सकिने बताउनु भयो ।

गीत सार्वजनिकीकरण कार्यक्रमलाई सञ्चारकर्मी छवि अनित्यले सहजीकरण गर्नु भएको हो भने कार्यक्रम बुद्ध बार एण्ड रेस्टुरेन्टमा आयोजना गरिएको थियो ।

०००
संप्रस पाैडेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x