साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘मदन पुरस्कार–२०८१ ‘उरमाल’लाई, जगदम्बा-श्री प्रेमदेव गिरीलाई

लोकभाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान पुर्‍याउँदै नेपाली लोकसंस्कृतिलाई समृद्ध बनाउन जीवनभर समर्पित प्रेमदेव गिरीलाई यस वर्षको जगदम्बा-श्री सम्मान प्रदान गरिने भएको छ ।

Nepal Telecom ad

काठमाडौं । मदन पुरस्कार गुठीको बैठकले यो वर्षको मदन पुरस्कार–२०८१ दार्जिलिङका साहित्यकार छुदेन काविमोको उपन्यास ‘उरमाल’ लाई दिने निर्णय गरेको छ ।

त्यस्तै, लोकभाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान पुर्‍याउँदै नेपाली लोकसंस्कृतिलाई समृद्ध बनाउन जीवनभर समर्पित प्रेमदेव गिरीलाई यस वर्षको जगदम्बा-श्री सम्मान प्रदान गरिने भएको छ ।

दार्जिलिङ निवासी लेखक छुदेन काविमो लामो समयदेखि नेपाली साहित्यमा निरन्तर सक्रिय नाम हाे । उहाँको ‘उरमाल’ उपन्यासले चियाबारीका कथाहरूमार्फत दार्जिलिङका जनजीवन, श्रमिक समुदायको पीडा र सामाजिक–सांस्कृतिक वास्तविकतालाई कलात्मक ढङ्गले प्रस्तुत गरेको छ ।

यसअघि गुठीले उत्कृष्ट कृतिको छाेटाे सूची सार्वजनिक गरेकाे थियाे सूचीमा रमेश भुसालकाे नियात्रा ‘छालबाटो : कैलाशदेखि गङ्गासम्म’, कुमारी लामाको निबन्धसंग्रह ‘दर्ज्यु संलाप’, मनप्रसाद सुब्बाको कवितासंग्रह ‘पञ्चतत्त्वको पालाम’, श्रेयज सुवेदीको कथासंग्रह ‘बहुरूपी’, सुधिर शर्माको गैरआख्यान ‘भिक्षु, व्यापार र विद्रोह’ र तीर्थ गुरूङको उपन्यास ‘हिउँको गीत’ रहेकाे थियाे ।

त्यसैगरी, जगदम्बा-श्री सम्मानका लागि चयन हुनुभएकाे प्रेमदेव गिरी विगत केही दशकयता लोकगीत, भाका र मौलिक धुनहरूको संरक्षण र प्रवर्द्धनमा लागिरहनुभएकाे व्यक्तित्व हुनुहुन्छ । गिरीले नेपालका विभिन्न भूभागमा प्रचलित लोपोन्मुख भाकाहरूलाई सङ्कलन गर्दै पुस्तौंदेखि चल्दै आएका मौखिक परम्पराहरूलाई पुस्तक र ध्वनिमार्फत जीवन्त राख्ने प्रयास गर्दै आउनुभएकाे छ ।

मदन पुरस्कार गुठीका अनुसार, पुरस्कार तथा सम्मानको औपचारिक वितरण कार्यक्रम मिति पछि सार्वजनिक गरिने जानकारी मदनपुरस्छकार गुठीले दिएकाे छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x