साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुमन सौरभको नयाँ लघुकथा कृति रे लोकार्पित

ठमेलमा एक कार्यक्रम विच रे को प्रा.डा.लक्ष्मणप्रसाद गौतम,वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन, स्रष्टा सुमन सौरभ, कवि नरेन्द्रकुमार नगरकोटी, तुलसीहरि कोइराला लगायतले लोकार्पण गरेका हुन् ।

Nepal Telecom ad

काठमाडौं, २०८२ असाेज ७ । चर्चित लघुकथाकार सुमन सौरभको नवोदित लघुकथाकृति रे को मंगलबार लोकार्पण गरिएको छ ।

ठमेलमा एक कार्यक्रम विच रे को प्रा.डा.लक्ष्मणप्रसाद गौतम, वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन, स्रष्टा सुमन सौरभ, कवि नरेन्द्रकुमार नगरकोटी, तुलसीहरि कोइराला लगायतले लोकार्पण गरेका हुन् । पृथक धारमा लघुकथा सृजना गर्ने सुमनको यो छैठौं लघुकथा कृति हो ।

प्रा.डा.गौतमले बौद्धिक लघुकथाकारको रुपमा सुमनको लघुकथाकारिताको चर्चा गरे । उनले लघुकथा लेखनीमा बौद्धिकता चूनौतिपूर्ण हुने भन्दै उनले लघुकथाको भीडमा टाढैबाट चिनिने नामको रुपमा सुमन सौरभ भएको बताए ।

अर्का वक्ता रोदनले जे लेखे पनि हुने भ्रमबाट मुक्त भएर पहिलेदेखि लघुकथामा हस्तक्षेपपूर्ण उपस्थिति गर्ने व्यक्तिको रुपमा सुमनलाई पाएको बताए । उनले रेले लघुकथामा जवरजस्ती हस्तक्षेप गर्नसक्ने बताए ।

कलम प्रकाशनका नगरकोटीले शक्तिशाली लेखकको रुपमा सुमनलाई आफूले पाएको बताए । साथै रे नेपाली लघुकथाको निम्ति महत्वपूर्ण कृति भएको बताउँदै कृति प्रकाशनका विभिन्न पक्षहरु बारे जानकारी दिए ।

रे का स्रष्टा सुमनले आत्मसन्तुष्टीको लागि लेख्ने गरेको बताउँदै सङ्ग्रहको रचना गर्भ बारे बोले ।

लघुकथा समाज, नेपालको आयोजनामा भएको उक्त कार्यक्रम समाजका अध्यक्ष तुलसीहरि कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो । छविरमण सिलवालको सञ्चालन र सुषमा चित्रकारले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए ।

०००
प्रदीप सापकाेटाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x