साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भक्तपुर बुढ्यौली साहित्य समाजको चौथो वार्षिकोत्सव

समाजका उपाध्यक्ष दीनानाथ पोख्रेलको अध्यक्षतामा र प्राडा देवी नेपालको प्रमुख आतिथ्यमा अन्य मञ्चासिन विशिष्ट अतिथि डा. रमेश शुभेच्छुक, चन्द्रप्रसाद न्यौपाने, भक्तबहादुर नेपाली, हरिप्रसाद सोडारी, डा. सीता सुवेदी, गणेश घिमिरे मार्मिकलगायत हुनुहुन्थ्याे ।

Nepal Telecom ad

मौका सधैँ सहज होस् शुभकार्य गर्न
साहित्य प्रेम दरियोस् भव यो सपार्न
संस्था जुटुन् हरघडी यशनिम्ति हाम्रा
ऊर्जा मिलोस् सकलमा उनिएर राम्रा ।।

भक्तपुर, २०८२ असोज ७ । भक्तपुर बुढ्यौली साहित्य समाजको चौथो वार्षिकोत्सव कार्यक्रम अक्सफोर्ड प्राक्टिकल स्कुल सल्लाघारी भक्तपुरमा सम्पन्न भयो । समाजका उपाध्यक्ष दीनानाथ पोख्रेलको अध्यक्षतामा र प्राडा देवी नेपालको प्रमुख आतिथ्यमा अन्य मञ्चासिन विशिष्ट अतिथि डा. रमेश शुभेच्छु, चन्द्रप्रसाद न्यौपाने, भक्तबहादुर नेपाली, हरिप्रसाद सोडारी, डा. सीता सुवेदी, गणेश घिमिरे मार्मिक, ढकाल शिखरनाथ, राजनप्रसाद न्यौपाने, रवि दुवाल र सम्मानित व्यक्तित्व कृष्णप्रसार पौडेल जस्ताघरे ।

सचिव जीवनाथ अधिकारीद्वारा सञ्चालन गरिएको कार्यक्रममा विभिन्न विषयहरू थिए । जसमा स्रष्टा सम्मान तथा पुरस्कार अर्पण, चन्द्रप्रसाद न्यौपानेकृत देवीनामस्तुति पुस्तक लोकार्पण, तेस्रो शानिबार दसैँ परेकाले सो समेतको नियमित रचना वाचन आदि ।
भक्तपुर बुढ्यौली साहित्य समाजद्वारा सम्मानित तथा पुरस्कृत स्रष्टात्रयमा :-
१क. चन्द्रप्रसार न्यौपाने, सिन्धुपाल्चोक:- छत्रप्रसाद घिमिरे स्मृति भक्तपुर बुढ्यौली साहित्य सम्मान पुरस्कार रु ७००० । – २०८२
ख. मोक्ष खतिवडा, झापा:- हरिलीला घिमिरे स्मृति भक्तपुर बुढ्यौली साहित्य सम्मान महिला पुरस्कार रु ७००० । २०८२ वहाँका छोरा शरद् खतिवडाज्यूलाई अर्पण
ग. कृष्णप्रसाद पौडेल जस्ताघरे, नुवाकोट:- भक्तपुर बुढ्यौली साहित्य सम्मान पुरस्कार रु ५००० । – २०८२ प्रमुख अतिथि विशिष्ट अतिथिज्यू लगायतबाट अर्पण ।

२. अनुशीलन नेपालद्वारा भर्चुअल माध्यमबाट भानुजयन्तीमा कविता वाचन गर्नुहुने विभिन्न सर्जकज्यूहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण ।

३. अक्सफोर्ड प्राक्टिकल स्कुलद्वारा नोवेल साकोसका संस्थापक अध्यक्ष श्री राजनप्रसाद न्यौपानेज्यूलाई सम्मान तथा प्रमाणपत्र वितरण । विद्यालयलाई वहाँबाट करिब २०० पुस्तक हस्तान्तरण ।

४. नियमित रचना वाचन कार्यक्रम : –
यसपटक ६ वर्षका बालक अपरिचित न्यौपानेज्यूबाट “चपला अपलाहरू एक सुरमा” कविताबाट रचना वाचन आरम्भ गरियो ।
त्यसपछि क्रमशः सरला पोखरेल ज्ञानराज सुवेदी भावना न्यौपाने पदम दाहाल गोपीकृष्ण खतिवडा विश्वनाथ ढुङ्गेल धरणीधर गुरागाई देवीप्रसाद मिश्र विद्या अनामिका तिवारी ढुण्डीराज पोखरेल प्रजापति शर्मा तिलक गाउँले प्रमुना पौडेल चेवन बस्नेत ठुलाघरे एम पी पाण्डे गजेन्द्र बोहरा कविता भुजेल आत्माराम न्यौपाने खोलाघरे साहिँलो लालबहादुर भुजेल केशव ज्ञवाली आगत ।

कार्यसारितिमा रहनुभएका पदाधिकारी सदस्यज्यूहरूलाई समयाभावका कारण आज वाचन गर्न अनुकूल परेन । यसका साथै पूजन मिश्र, नवराज घिमिरे र मञ्चासिन अतिथि ज्यूहररू पनि श्रोताका रूपमा रहनु भयो । ४० जनाको उपस्थिति रहेको कार्यक्रममा विशिष्ट अतिथि रमेश शुभेच्छुकज्यूबाट सम्पूर्ण वाचित कविताको मूल्याङ्कन गरियो भने प्रमुख अतिथिज्यूबाट समग्र कार्यक्रमको बारेमा प्रकाश पार्नु हुँदै आयोजक संस्थालाई धन्यवाद दिनुभयो। अन्त्यमा सबैलाई धन्यवाद दिँदै सभापतिज्यूबाट कार्यक्रम समापन गरियो । पुस्कृत सम्पूर्णमा हार्दिक बधाई ! जय साहित्य !!

०००
कविराज घिमिरेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x